काठमाण्डौको दुई ठाउँमा सिलिण्डर विस्फोट, तीनको मृत्यु

१२ जेष्ठ २०७६, आईतवार १७:५५
 

सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौको दुई ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ६ जना घाइते भएका छन् । घाइतेलाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पताल लगिएको छ ।
आइतवार अपरान्ह ५ बजे भएको सिलिण्डर विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । काठमाण्डौको अनामनगर र सुकेधारामा सिलिण्डर विस्फोट भएका हुन् ।
जसमा अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको छ भने सुकेधारमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिलिण्डर आफै विस्फोट भएको वा गराइएकोबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । थप विवरण आउन बाँकी रहेको छ ।

Next Post

सहकारी बित्तीय विकासमा २६ करोड ठगी

१२ जेष्ठ २०७६, आईतवार १७:५५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित सहकारी वित्तिय विकास संस्था लिमिटेडमा कारोडौंको ठगी भएको खुलासा भएको छ । रकम हिनामिना भएको सूचना बाहिरिएपछि आन्तरिक छानविनमा २६ करोड ठगी गर्ने कर्मचारीलाई कागजात गराएर जोगाउन खोजेको खुलासा भएको हो । कागजात गरेका कर्मचारीहरु सम्पर्कबिहीन भएपछि सहकारीले १५ दिनका लागि कामकाज बन्द भएको सूचना निकालेको […]