जनताको मन जित्न विप्लवलाई नेपालको आग्रह

११ जेष्ठ २०७६, शनिबार १४:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले हतियारको राजनीति सम्भव नभएको बताएका छन् । हतियारको राजनीति गर्ने दिन गइसकेको बताउँदै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीति त्यागेर शान्तिपूर्ण राजनीति गर्न आग्रह गरे ।
प्रेस संगठन बाँकेले शनिवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले हत्या, हिंसा र चन्दा आतंकको राजनीतिले देशलाई फाइदा नहुने बताउँदै आर्थिक क्रान्तिको बाटोमा सहभागी हुन अपिल गरे । शान्तिपूर्ण राजनीतिबाट जनताको मत जितेर आफ्नो नीति तथा कार्यक्रम लागू गर्न विप्लवलाई सुझाव दिँदै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रहसमेत गरे ।
उनले हत्या, हिंसा र चन्दा आतंकले जनतालाई तर्साउन नपाइने स्पष्ट पारे । पार्टीभित्र देखिएको विकृतिविरुद्ध आफूले पटक–पटक आवाज उठाएको बताउँदै वरिष्ठ नेता नेपालले विधि र पद्धतीअनुसार पार्टी चलाउन आफूले पार्टी नेतृत्वलाई दबाब दिएको बताए । उनले विधिसंगतरूपमा पारदर्शी ढंगले अगाडि बढ्न पार्टी नेतृत्वसँग आग्रह गरे ।
उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सांसदले रकम माग्नु स्वभाविक भएपनि रकम सांसदको हातमा जाने राम्रो नभएको जिकिर गरे । सांसदलाई सिधै बजेट दिँदा भ्रष्टाचार बढ्ने बताउँदै नेता नेपालले प्राथमिकताको आधारमा वजेट विनियोजन हुनुपर्ने बताए ।

Next Post

राहुल गाँधीले अध्यक्षबाट दिए राजीनामा

११ जेष्ठ २०७६, शनिबार १४:१९
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय कांग्रेसका अध्यक्ष राहुल गाँधीले राजीनामाको घोषणा गरेका छन् । राहुल गाँधीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिवार राजीनामा घोषणा गरेका हुन् । लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो । बैठकको शुरुमा नै राहुल गाँधीले राजीनामा घोषणा गरेका थिए । […]