सिकेको सीपलाई व्यवहारमा उर्तान आग्रह

१० जेष्ठ २०७६, शुक्रबार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : सिकेको सिपलाई व्यवहारमा उर्तान नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । सामाजिक विकास मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्जद्वारा सञ्चालित ३९० कार्य घण्टा तालिमको समापनका अवसरमा सो कुराको सुझव दिईएको हो ।
गत फागुन ७ गतेदेखि सञ्चालनमा रहेको ईलेक्ट्रोनिक्स मर्मत, कटाई सिलाई, केश श्रृंगार र बिद्युत जडान तालिमका सहभागिलाई प्रमाणपत्र बितरण गर्दै नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापामगरले तालिममा सिकेको सीपलाई व्यवहारमा उर्तान आग्रह गरिन ।
उनले सीपले आत्मनिर्भर बनाउनुको साथै हिंसा रहित समाजको समेत निर्माण गर्ने भएकोले सिपलाई व्यवहारमा उतार्न अत्यावश्यक भएको कुरामा जोड दिईन । लक्षित वर्ग अन्तरगत उप–महानगरपालिकाले सामुहिक ऋण सहयोग गर्ने जानकारी दिदै सिकेको सिपलाई व्यावसायमा परिवर्तन गर्नको लागि योजना लिएर आएको खण्डमा आफु सहयोग गर्न तयार रहेको जानकारी दिईन ।
कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका उप–महासचिव तारा रोकायले हातमा सिप भए परनिर्भर हुनुनपर्ने कुरामा जोड दिईन । उनले हातमा सीप भएकाले जागिर खोज्नु भन्दा पनि जागिरले उनीहरुलाई खोज्दै आउने बताईन ।
तालिम केन्द्रका प्रमुख जेन्टील गौतमले सीपले सुन्दर भविश्य निर्माणसंगै व्यक्ति र परिवारको सुरक्षा कवचको रुपमा रहने कुरामा जोड दिदै तालिम केन्द्रमा सिकेको कुराहरुलाई व्यावहारमा उतार्न र व्यावसायि बन्न आग्रह गर्दै उज्जवल भविश्यको कामना समेत गरिन ।
सो समापन समारोहमा सहकारी डिभिजन कार्यालय बाँकेका प्रमुख श्रीकृष्ण नेपाल, स्थानीय समाजसेवी ज्योतिकुमार श्रेष्ठ, प्रशान्त विष्ट, प्रशिक्षार्थी मिना विसी केश श्रृंगार र दिपासा बिक कटाई सिलाईले अ–आप्ना भनाई राखेका थिए ।
३ महिनासम्म सञ्चालन भएको ईलेक्ट्रोनिक्स मर्मत तालिममा २ जना, कटाई सिलाईमा २३, केश श्रृंगारमा ३९ जना र बिद्युत जडान तालिममा १३ जना गरी ७७ जना सहभागि भएका थिए ।

Next Post

जनताको मन जित्न विप्लवलाई नेपालको आग्रह

१० जेष्ठ २०७६, शुक्रबार १९:०७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले हतियारको राजनीति सम्भव नभएको बताएका छन् । हतियारको राजनीति गर्ने दिन गइसकेको बताउँदै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीति त्यागेर शान्तिपूर्ण राजनीति गर्न आग्रह गरे । प्रेस संगठन बाँकेले शनिवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले हत्या, हिंसा र […]

सम्बन्धित