नेकपा बाँकेका पदाधिकारीले लिए सपथ

१० जेष्ठ २०७६, शुक्रबार १८:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा बाँके जिल्ला कमिटीका सदस्यहरुलाई शुक्रबार सपथग्रहण गराएका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण पछि गठित १ सय ५५ सदस्यीय कमिटीलाई शुक्रबार पद तथा गोपनियताको सपथ खुवाईएको हो ।
पार्टीका बरिष्ठ नेता नेपालले सदस्यहरुलाई सपथग्रहण समारोहलाई सम्बोधन गर्दै हालै सम्पन्न भारतको लोकसभा निर्वाचनबाट नेपालको कम्युनिष्ट पार्टीले सिक्न जरुरी भएको बताए ।
कुनैबेलाको सशक्त र तीन राज्यमा सरकार चलाएको कम्युनिष्ट पार्टी कमजोर हुनुको कारणबारे नेपालको कम्युनिष्ट पार्टीले सिक्न जरुरी रहेको नेपालले बताए । भारतीय कम्युनिष्ट नेताहरुले पार्टीभित्रको अहंकार, जनताबाट टाढा हुनु र भ्रष्टिकरणले पार्टी कमजोर भएको बताउने गरेको बताए । उनले नेपालमा पनि काँग्रेस जस्तो नभई उसको अयोग्यताबाट कम्युनिष्ट पार्टीले सिक्दै जनतासँग प्रत्यक्ष जोडिनु पर्ने कुरामा जोड दिए ।
उनले हरेक तहका सरकार सञ्चालनका लागि पार्टी कमिटीले ध्यान दिनुपर्ने बताउँदै सरकारले पार्टी सञ्चालन गर्ने नभई पार्टीले सरकार सञ्चालन गर्ने स्पष्ट पारे ।
नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षता र सचिव अशोक कोइरालाको संचालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य दलबहादुर राना, मोहम्मद हारुन, दिनेश यादव, महेश्वर गहतराज, बलराम अधिकारी, देबराज भार, दलबहादुर सुनार, अकलबहादुर बम लगायतले जिल्ला कमिटी सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

Next Post

सिकेको सीपलाई व्यवहारमा उर्तान आग्रह

१० जेष्ठ २०७६, शुक्रबार १८:४४
सदरलाइनडटकम, नेपालगञ्ज  : सिकेको सिपलाई व्यवहारमा उर्तान नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । सामाजिक विकास मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्जद्वारा सञ्चालित ३९० कार्य घण्टा तालिमको समापनका अवसरमा सो कुराको सुझव दिईएको हो । गत फागुन ७ गतेदेखि सञ्चालनमा रहेको ईलेक्ट्रोनिक्स मर्मत, कटाई सिलाई, केश […]