कश्मिरमा सैन्य कारबाही हुँदा मुसा मारिए

१० जेष्ठ २०७६, शुक्रबार १८:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जाकिर मुसा सैन्य कारबाहीमा मारिएका छन् । जम्मु कश्मिर क्षेत्रमा चरमपन्थी गतिविधि गरेको भन्दै मुसालाई भारतले आतंककारी घोषणा गरेर सर्वाधिक खोजीको सूचीमा राखेको थियो । दक्षिण कश्मीरको ट्राल जिल्लामा उनकै घरमा सेनाले गरेको कारबाहीमा बिहीवार राति अन्सार गजावत उल हिन्दका प्रमुख जाकिर मारिएको भारतीय सेनाले जनाएको छ ।
जाकिर मारिएपछि उक्त क्षेत्रमा हिंसा भड्किन सक्ने आशंकामा कफ्र्यु लगाइएको छ । त्यस्तै इन्टरनेट सेवा बन्द गरिएको छ भने विद्यालयहरुमा पठनपाठन रोकिएको बीबीसीले जनाएको छ । जाकिर रशिद भाट वास्तविक नाम भएका जाकिर कश्मीरमा आतंकवादी गतिविधि गर्ने बुर्हान वानीका सबैभन्दा निकट सहयोगी हुन् । बुर्हान कश्मीर मिलिसियाका कमाण्डर थिए । उनी भारतीय सेनाको कारबाहीमा सन् २०१६ मारिएका थिए ।
सैन्य कारबाहीमा जाकिर मुसाको मृत्यु भएपछि स्थानीय सञ्चार माध्यमहरुले यसलाई भारतीय सेनाको ठूलो सफलता भन्दै विश्लेषण गरेका छन् । पुलवामा जिल्लामा आक्रमण हुँदा भारतीय सुरक्षा बलका ४० बढी जवानको मृत्यु भएपछि जाकिर मुसाको खोजी तीब्र पारिएको थियो ।
(एजेन्सी)

Next Post

नेकपा बाँकेका पदाधिकारीले लिए सपथ

१० जेष्ठ २०७६, शुक्रबार १८:३८
सदरलाइनडटकम, नेपालगञ्ज   : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा बाँके जिल्ला कमिटीका सदस्यहरुलाई शुक्रबार सपथग्रहण गराएका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण पछि गठित १ सय ५५ सदस्यीय कमिटीलाई शुक्रबार पद तथा गोपनियताको सपथ खुवाईएको हो । पार्टीका बरिष्ठ नेता नेपालले सदस्यहरुलाई […]