निर्मलाको हत्यारा पत्ता लगाउन दबाव

१० जेष्ठ २०७६, शुक्रबार १७:४७
 

सदरलाइनडटकम,
काठमाण्डौ : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै शुक्रवार कञ्चनपुरका स्थानीयले प्रदर्शन गरेका छन् । घटनाको १० महिना पुग्दासमेत दोषी पत्ता नलागेको भन्दै उनीहरुले दबाबस्वरुप महेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिएका हुन् ।
नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले सरकारले दोषीलाई पत्ता लागाउन आलटाल गरेको आरोप लगाइन् । निर्मलाको हत्यारा संरक्षण गर्न सरकार आफैं लागेको आरोप लगाउँदै दोषी पत्ता नलागेसम्म दबाबमूलक कार्यक्रम जारी रहने उनको भनाई थियो । सरकारले चाहेमा दोषी सार्वजनिक गर्न समय नलाग्ने अधिकारकर्मीहरुले दाबी गर्दै आएका छन् ।
धर्नामा निर्मलाका आफन्त पनि सहभागी थिए । गएको साउन १० गते हराएकी कन्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेलापरेको थियो । घटना भएको १० महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

Next Post

भारतीय लोकसभा निर्वाचनमा बलिउड हस्ती

१० जेष्ठ २०७६, शुक्रबार १७:४७
सदरलाइनडटकम, काठमाण्डौ : भारतको लोकसभा निर्वाचनमा बलिउडका केही चर्चित हस्ती प्रत्यक्ष रुपमा होमिएका थिए । तीमध्ये केही जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही पराजित भएका छन् । अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही […]