तीन महिने सिलाईकटाई तालिम सम्पन्न

७ जेष्ठ २०७६, मंगलवार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ द्वारा सञ्चालित तीन महिने सिलाईकटाई तालिम समापन भएको छ । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले सञ्चालन गरेको महीने तालिममा सहभागीलाई प्रमाण पत्रसँगै १४ वटा सिलाई मेशिनसमेत प्रदान गरेको छ ।
विभिन्न टोलका दलित तथा पछाडी पारिएका महिलालाई केन्द्रित गरि वडाको लक्षित वर्ग कार्यक्रमअन्तर्गत दुई लाखको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । दलित औद्योगिक विकास कार्यक्रमले ५ वटा सिलाई मेशिनमार्फत कैंची, कपडालगायत सम्पूर्ण व्यवस्थासहित सिलाईकटाई प्रदान गरेको थियो ।
सहभागीलाई मेशिन प्रदान गर्दै उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले व्यावसायिक शिक्षाले रोजगार सिर्जनासँगै महिलाको सशक्तिकरण र विकासमा मदत पुर्याउने विश्वास व्यक्त गरिन् । वडाध्यक्ष ओमकारनाथ मिश्रले बेरोजगार महिलालाई सिर्जनशील र व्यावसायिक बनाउने प्रयत्न गरिएको बताए ।
दलित औद्योगिक विकास कार्यक्रम नेपालका अध्यक्ष चित्रबहादुर विकले शिप सिकाएर महिलालाई आत्मनिर्भर बनाउन हर सम्भव प्रयास गरिएको बताए । औद्योगिक विकास कार्यक्रम नेपालका टिका सुनारद्वारा सञ्चालन गरिएको कार्यक्रममा सहभागीको तर्फबाट रश्मी शाहले मन्तब्य राखेका थिए । कार्यक्रममा वडाका कर्मचारी, जनप्रतिनिधी, स्थानीयवासीलगायतको सहभागिता थियो ।

Next Post

प्रेसलाई अंकुश लगाउन नमिल्ने : नेपाल

७ जेष्ठ २०७६, मंगलवार १७:५८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतलाई नियन्त्रण गर्ने सोँच राख्न नहुने बताएका छन । नेपालगञ्जमा मंगलवार पत्रकारसँग कुरा गर्दै उनले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने बताए । प्रेस जगतले आलोचनात्मक र रचनात्मक भूमिका निर्वाह गर्न पाउनु पर्छ भन्दै बरिष्ठ नेता […]