पुनमको जीवन रक्षाका लागि सार्वजनिक अपील

  
  प्रकाशित मितिः शनिबार, जेष्ठ ४, २०७६       | 91 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी बोन म्यारो पीडित पुनम नेपाली ‘बादी’को जीवन रक्षाका लागि सहयोगको अपील गरिएको छ । प्लाष्टिक एनिमीयाका कारण पुनमको ५ महिनादेखि बोन म्यारोमा समस्या देखिएको हो ।
उपचारका लागि विभिन्न अस्पतालमा लाखौं रुपैयाँ खर्च गरेपनि अझै सुधार नआएको पुनमका पति सुरेश नेपालीले जानकारी दिए । हाल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेपनि थप उपचारका लागि आर्थिक अभाव भएपछि पुनमको जीवन रक्षा गर्न आर्थिक सहयोगका लागि परिवारले सार्वजनिक अपील गरेको हो ।
उपचारमार्फत पूर्ण निको हुन करीव १५ लाख खर्च लाग्ने चिकित्सकले बताएपछि आर्थिक सहयोगका लागि आहवान गरिएको हो । पुनम नेपाली ‘बादी’लाई बचाउन अभियानमार्फत शनिवार आयोजित पत्रकार सम्मलेनमा पति नेपालीले बोन म्यारोका लागि रकम आवश्यक परेको दुःखेसो पोखे ।
पत्रकार सम्मेलनमा सहयोगी मनकारी दाताले श्रीमान् सुरेश नेपालीको बैंक अफ काठमाण्डौ नेपालगञ्ज शाखामा रहेको खाता नं. ०५०५०००१८११७५२४ मा सहयोग रकम जम्मा गर्न आग्रह गरिएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ४, २०७६     6:56:48 PM  |