बाँकेमा पनि मनाइयो बुद्ध जयन्ती

४ जेष्ठ २०७६, शनिबार १८:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :
शान्तिका अग्रदूत भगवान वुद्धको २५६३ औ जयन्ती नेपालगञ्जमा पनि शनिवार भव्यताका साथ मनाइएको छ । सो अवसरमा बागेश्वरी मन्दिर परिसरमा रहेको वुद्ध विहार मन्दिर र न्यू रोडमा रहेको वौद्ध गुम्वाबाट विभिन्न भेषभूषामा सहभागीहरु झाँकीसहितको र्यालीले नगर परिक्रमा गरेको थियो ।
यशोधरा वौद्ध महिला संघ तथा झिगु शाक्य पुचः नेपालगञ्जको आयोजनामा भगवान वुद्धको दिव्य उपदेशमा आधारित भजन गाउँदै नगर परिक्रमा गरिएको थियो । संघका अध्यक्ष सुदर्शना शाक्य र मोतीकाजी शाक्यले गाएको भजनमा सहभागी महिला पुरुषहरुले साथ दिएका थिए । र्यालीमा नेवार भेषभुषामा सहभागी नेवाः पुचः बाँकेकी अध्यक्ष नन्दादेवी श्रेष्ठ, झिगु शाक्य पुचः नेपालगञ्जका अध्यक्ष निलबहादुर शाक्य, वौद्ध महिला संघकी अध्यक्ष सुदर्शनाको नेतृत्वमा पतञ्जलि योग समिति बाँकेको सहभागिता र्याली निकालिएको थियो ।



भगवान वुद्धको दिव्य उपदेशमा आधारित ज्ञानमाला संघ आनन्द विहार तानसेन पाल्पाका सुवर्ण बज्राचार्य र सोम बज्राचार्यको गीतसंगीतमा तयार पारिएको भजनमा बुटवलबाट आएकी गायिकाद्वय रचना तुलाधर र प्रतिमा तुलाधरले गाएको सरिता शाक्यले बताइन् । त्यसैगरि वौद्ध गुम्वाबाट वौद्ध धर्म संघका अध्यक्ष सञ्जीव लामा र वौद्ध धर्म गुरु गुनबहादुर लामाको नेतृत्वमा बाजागाजासहित विभिन्न जनजातिको भेषभूषामा सहभागीहरुले नगर परिक्रमा गरि बागेश्वरी मन्दिर परिसरमा रहेको वुद्ध विहार मन्दिरमा भेला भएका थिए ।

Next Post

नेपालगञ्जमा वाटर सोल्युशन सञ्चालित

४ जेष्ठ २०७६, शनिबार १८:१८
सदरलाइनडटकम, नेपालगञ्ज : शुद्ध खानेपानी सेवाका लागि नेपालगञ्जका दुई युवाले गणेश युनिभर्सल वाटर सोल्युशन सञ्चालनमा ल्याएका छन् । न्यूरोडस्थित सोल्युशन पसलको शनिवार नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिबन काटेर उद्घाटन गरेका हुन् । नेपालगञ्जका प्रकाश बन गोसाई र अभय उदासको संयुक्त लगानीमा पानी शुद्ध गर्ने मेशिनसहितको सेवा शुरु […]