मिडिया काउन्सिल विधेयक पास गर्न दिँदैनौ : देउवा

४ जेष्ठ २०७६, शनिबार १५:२६
 

सदरलाइनडटकम,
विराटनगर : नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनु पर्ने कांग्रेसको अडान रहेको भन्दै सरकारले जबर्जस्ती गर्न खोजे पारित हुन नदिने चेतावनी दिए ।
सभापति देउवाले संविधानले नै प्रेस स्वतन्त्रता सुरक्षित गरेको अवस्थामा सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । उनले विपक्षीको मागलाई बेवास्ता गरि सरकारले बजेट ल्याउने प्रयास गरे त्यसको प्रतिवाद गर्ने बताए । उनले समय आएपछि पार्टीको महाधिवेशन हुने स्पष्ट पारे ।

Next Post

‘पब्जी’ खेल्ने महिलाले मागिन् सम्बन्ध विच्छेद

४ जेष्ठ २०७६, शनिबार १५:२६
सदरलाइनडटकम, काठमाण्डौ : पब्जी मोबाइल खेलको बारेमा थाहा नपाउने कमै होलान् । पब्जी (प्लेयर अन्नोन ब्याटलग्राउण्ड) खेल अहिले निकै लोकप्रिय भैरहेको छ । पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ । गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार […]