वडास्तरीय योजना छनौटमा व्यस्त खजुरा

  
  प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६       | 84 Views   ||

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ का लागि वडास्तरबाट योजना छनौट भइरहेका छन् । वडा नं. ३ ले पनि योजना छनौटका क्रममा शुक्रवार वडाबासीहरुको राय लिएको छ ।
विभिन्न टोलहरुमा योजना छनौट पछि वडा भेला गरेर राय लिएको सचिव थानेश्वर न्यौपानेले बताए । सचिव न्यौपानेका अनुसार भौतिक पूर्वाधार, आर्थिक बिकास, सामाजिक बिकास, कृषी, बाताबरण, लागु औषध, महिला विकासलगायतका योजना माग भएका थिए ।
वडाध्यक्ष कान्तु राम गौतम, नेकपा नेता बेदनिधि प्याकुरेल, वडा सदस्य देउमाया थापा, गाउँपालिकाका बिज्ञ सदस्य पुर्ण चन्द्र उपाध्याय, नेपाली कांग्रेसका कमल रेग्मीको सहभागितामा वडा भेला सम्पन्न भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६     6:13:58 PM  |