प्रदेश युवा सम्मेलन बुधवारदेखि धनगढीमा शुरु

१ जेष्ठ २०७६, बुधबार १८:३८
 

सदरलाइनडटकम,
धनगढी : उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुख्य नाराका साथ बुधवारदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ । नेपाल युवा परिषदले पहिलो पटक सुदूरपश्चिम प्रदेशमा सम्मेलन आयोजना गरेको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको सम्मेलनको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे । मन्त्री सुवेदीले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनुपर्ने बताए ।
सो अवसरमा उनले सुुदूरपश्चिमको पर्यटन प्रचारप्रसारका लागि नेपाल युवा परिषदले निर्माण गरेको भिजिट सुदूरपश्चिम डटकमको अफिसियल वेबसाईट औपचारिकरुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले युवा परिवर्तनका संवाहक भएकोले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडी बढ्न सुझाव दिए । उनले सुदूरपश्चिम विभिन्न सम्भावना र अवसरले भरिएको प्रदेश भएकोले हरेक युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बानिगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोकबहादुर साउँद, कोकाकोला नेपालका इरिना कार्की गुरुङ, अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्यलगायतको उपस्थिती रहेको थियो । दुई दिन सम्म चल्ने आवासीय सम्मेलनमा युवाहरुलाई पर्यटन, सुचना प्रविधि, दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उद्यमशिलता, नेतृत्व विकास, युथ मोटिभेशनलगायतका विषयमा प्रशिक्षण दिईने आयोजक संस्थाका संस्थापक अध्यक्ष सरोज बानियाले बताए ।

Next Post

१५ ग्राम ब्राउन सुगरसहित थापा प्रहरीको फन्दामा

१ जेष्ठ २०७६, बुधबार १८:३८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट हेल्मेटमा लुकाई नेपाल ल्याउदै गरेको प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्धा शाखा ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक दिपक मल्लले दिएको जानकारी अनुसार बाँके बैजनाथ–२ बनकटवाका प्रकाश थापाका साथबाट १५ ग्राम ब्राउन सुगर […]