कुखुराको खोरमा अब्यवस्थित बेकरी उद्योग

१ जेष्ठ २०७६, बुधबार १८:२३
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुरस्थित कुखुराको खोरमा बेकरी उद्योग सञ्चालन गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले बुधवारदेखि थालेको बजार अनुगमनमा कुखुराको खोरमै अब्यवस्थित रुपमा बेकरी उद्योग सञ्चालन गरेको पाईएको हो ।
कोहलपुर नगर क्षेत्रभित्रका ६ वटा डेरी उद्योगमा अनुगमन गरिएको थियो । सो क्रममा वडा नं. ११ स्थित पिपलचौतारा नजिकै रहेको विन्दवासिनी डेरी उद्योगले अब्यवस्थितरुपमा बेकरी उद्योग सञ्चालन गर्दैै आएको भेटिएको हो । दुग्धजन्य पदार्थबाहेक बेकरी सामग्रीहरु समेत उत्पादन गर्दै आएको विन्दवासिनीले कुखुरा पाल्ने खोरलाईनै उद्योगमा रुपान्तरण गरेको अनुगमनले देखाएको छ ।
विन्दवासिनिका अलावा अधिकांश डेरी उद्योगले न्यूनतम मापदण्ड पुरा नगरेको र एउटै काउण्टरबाट अन्य ब्यवसायसमेत सञ्चालन गर्दै आएको अनुगमन समितिका संयोजक तथा कोहलपुर नगरपालिका आर्थिक विकास शाखाका प्रमुख धनबहादुर खत्रीले जानकारी दिए । डेरी सञ्चालकहरुलाई दुध तथा दुग्धजन्य सामग्रीको स्वच्छतामा विशेष ध्यान दिन अनुगमन टोलीले निर्देशनसमेत दिएको खत्रीले बताए ।



अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने कोहलपुर नगरपालिका प्रशासन शाखा प्रमुख कर्णबहादुर थापाले जानकारी दिए । दैनिक प्रयोगमा आउने खाद्य सामग्रीहरु र त्यसको अवस्थाबारे क्रमशः अनुगमन गर्ने गरी तालिका तयार पारिएकाले हरेक दिन अनुगमन गरिने थापाले बताए । अनुगमनको पहिलोदिन केही डेरी उद्योगबाट अखाद्य तथा प्रतिवन्धित सामग्रीहरु समेत बरामद गरिएको थापाले जानकारी दिए ।
अनुगमनका क्रममा डेरी उद्योग सञ्चालकहरुलाई ब्यक्तिगत सरसफाई तथा फ्रिजीङमा विशेष ध्यान दिनुका साथै दुग्धजन्य सामग्रीका लागि प्लाष्टिक क्यानको प्रयोग नगर्नसमेत सुझाव दिईएको थियो ।
कोहलपुर नगरपालिकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, उद्योग वाणिज्य संघ, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, नगर पशु कार्यालय तथा पत्रकार महासंघलगायत विधिन्न संघसंस्थाका प्रतिनिधिसहितको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

Next Post

प्रदेश युवा सम्मेलन बुधवारदेखि धनगढीमा शुरु

१ जेष्ठ २०७६, बुधबार १८:२३
सदरलाइनडटकम, धनगढी : उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुख्य नाराका साथ बुधवारदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ । नेपाल युवा परिषदले पहिलो पटक सुदूरपश्चिम प्रदेशमा सम्मेलन आयोजना गरेको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको सम्मेलनको सामाजिक […]