क्रान्तिकारी बाँकेका अध्यक्ष चन्द पक्राउ

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १, २०७६       | 71 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका अध्यक्ष एवं केन्द्रीय सदस्य मदन चन्दलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ संयुक्त बिद्यार्थीको कार्यक्रम स्थलबाट बुधवार चन्दलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । चन्दलाई महानगरिय प्रहरी परिसर काठमाण्डौमा राखिएको छ ।
प्रहरीले विप्लव निकट नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिँदै आइरहेको छ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सबै कार्यकर्तालाई गिर्फतार नगर्ने आन्तरिक नीति अपनाएको थियो । आपराधिक क्रियाकलापमा संलग्न तथा हिंसात्मक घटनामा जोडिएकालाई पक्राउ गर्ने तर कार्यकर्ता भएकै कारण पक्राउ नगर्ने नीति प्रहरीले लिएको हो ।
तर नेताहरु भने प्रहरीको खोजीमा हुनेछन् । प्रहरीले विप्लवसहित सो समूहका नेता–कार्यकर्ता खोज्न देशभर ‘सर्च एण्ड अरेस्ट अप्रेशन’ चलाउँदै आएको छ । २८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रहरीले सामान्य कार्यकर्तालाई पनि समात्ने र अदालतमा अभियोग प्रमाणित नहुँदा छुट्न थालेपछि प्रहरीले अभियोग नलागेका कार्यकर्ता नसमात्ने रणनीति बनाएको हो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १, २०७६     4:41:26 PM  |