५ किलो सयग्राम चरेशसहित भातीय नागरिक एसएएबीको नियन्त्रणमा

  
  प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६       | 337 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज :  भारतीय एसएसबि र स्थानीय प्रहरीको संयुक्त टोलीले प्रतिबन्धित लागू औषध चरेशसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

भारतीय नंम्बर प्लेटको युपी ३२ एचडि ३०२१ मोटरसाईकलमा लैजादै गरेको ५ किलो १० ग्राम चरेशसहित भारती नागरिक ३२ वषिय अजिज अहमदलाई नेपाल भारत सीमा क्षेत्रको दशगजाबाट मंगलबार साँझ सवा ३ बजे नियन्त्रणमा लिएको हो ।

एसएसबी  ४२ वाहिनी एसएसबी रूपईडीहा बीओपीको इंचार्ज इंसपेक्टर अरूणकुमार सिंहले दिएको जानकारी अनुसार निबिया गांउको मंदिरको नजिकबाट नियन्त्रणमा लिएको हो ।

सो टोलीमा एसएसबीका इंसपेक्टर सिंह, एएसआई प्रवीर मजूमदार, कास्टेवल अमरजीत कुमार, संजीत कुमार गुप्ता, अखिलेश कुमार राय र प्रहरी चैकीका एसआई उमाकांत मिश्र का साथै विजय कुमार पटेल सहभागि रहेका थिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     7:42:06 PM  |