खजुरामा आगामी आर्थिकबर्षको योजना छनौंट शुरु

३१ बैशाख २०७६, मंगलवार १६:२५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ले आगामी आर्थिकबर्ष २०७६/७७ को वडास्तरीय योजना छनौंटका लागि मंगलवार वडाबासीको भेला गरेको छ । भेलामा अधिकाँश स्थानीयले सडक निर्माणलाई प्राथमिकता दिएको खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए ।
उनले योजनालाई प्राथमिकरण गरी गाउँ कार्यपालिकामा पेश गर्ने बताए । खजुरा एकनम्बरदेखि ईगाउँ हुँदै एफगाउँ जोड्ने सडकलाई निरन्तरता दिन अधिकांशले माग गरेका छन् । सडकपछि पुल, निर्माण, कल्भर्ट तथा बाँध निर्माण लगायतका अन्य बिषयगत माग समेत छलफलमा आएका वडा सदस्य दलबहादुर बिसीले बताए ।
कार्यक्रममा स्थानीय झगबहादुर पौडेल, ऋषिकेश जिसी, अर्जुनसिंह पाण्डे, शेरबहादुर बिसी, खड्ग वली, रुपसिंह भण्डारी लगायतले बिभिन्न सुझाव दिएका थिए । कार्यक्रममा वडा सदस्यहरु दलबहादुर बिसी, योगमाया खनाल, बलबहादुर कठायत, विर्मादेवी सुनार, वडा सचिव सुरेश खड्का सहभागी थिए ।

Next Post

५ किलो सयग्राम चरेशसहित भातीय नागरिक एसएएबीको नियन्त्रणमा

३१ बैशाख २०७६, मंगलवार १६:२५
सदरलाइनडटकम, नेपालगञ्ज :  भारतीय एसएसबि र स्थानीय प्रहरीको संयुक्त टोलीले प्रतिबन्धित लागू औषध चरेशसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतीय नंम्बर प्लेटको युपी ३२ एचडि ३०२१ मोटरसाईकलमा लैजादै गरेको ५ किलो १० ग्राम चरेशसहित भारती नागरिक ३२ वषिय अजिज अहमदलाई नेपाल भारत सीमा क्षेत्रको दशगजाबाट मंगलबार साँझ सवा […]