ग्यारेजमा आगलागी हुँदा दुई बस जलेर नष्ट

  
  प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६       | 430 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगन्ज उप–महानगरपालिका–४ मा रहेको ग्यारेजमा भएको आगलागीमा परेर मर्मत गर्न राखिएका ४ वटा बसमा आगलागि हुँदा २ वटा बस जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रकाश सापकाटाले दिएको जानकारी अनुसार नेपालगन्ज बसपार्कबाट बाईपास हुँदै काकाँदोचोक निस्कने बाटोमा कृष्णबहादुर पुनले सञ्चालन गरेको सो ग्यारेजमा मर्मत गर्ने क्रममा आगलागि भएको हो ।
मंगलबार बिहान ११ः १० बजेतिर भएको सो आगलागीबाट ना ४ ख ७०२४, ना ५ ख २४६५ जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ना ६ ख ९११६, क.प्र.०२.००१ ख ००१२ नंम्बरको बसमा भने आंशिक रुपले क्षति पुगेको छ ।
प्रहरी नायव उपरिक्षक सापकोटाले बसमा वेल्डिङ्ग गर्दै गर्दा हावा चलेको कारण आगलागि भएको प्रारम्भिक अनुसंन्धानले जनाएको बताए । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र नेपालगन्ज उप–महानगरपालिकाको दमकलको प्रयासबाट करिव १ घण्टाभित्र आगो नियन्त्रणमा लिन सफल भएको थियो । सो घटनामा मानविय क्षति नभएपनि क्षतिको आँकलन हुन सकेको छैन ।  

प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     2:00:33 PM  |