‘सुशासनका लागि सूचनाको हक प्रभावकारी’

३० बैशाख २०७६, सोमबार १९:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष कैफुलवरा जोलाहले स्थानीय तहमा सुशासन कायम गराउनमा सूचनाको हक एक प्रभावकारी औजार भएको बताएका छन् । वडा नं. ५ को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले गरेको जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष जोलाहले सुशासनका लागि सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नुुपर्ने बताए ।
स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता अभिबृद्धि गरि सुशासन कायम गर्नेतर्फ वडा लागेको जानकारी जानकारी दिँदै उनले स्थानीय सरकारलाई सूचनाको हक, ऐन कानून, नीति, सुशासनको आधारबारे जनप्रतिनिधि, कर्मचारी र नागरिकलाई जानकारी गराउनका लागि बजेट तर्जुमा गरिएको बताए ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले सूचनाको हकले स्थानीय सरकार पारदर्शिता र जवाफदेही हुुनेमा मदत पुग्ने बताए । उनले अहिले देश पुर्नसंरचनामा गएपछि स्थानीय सरकार सञ्चालन गर्ने जिम्मा पाएका जनप्रतिनिधीले नागरिकको अधिकार र समग्र विकासको जिम्मेवारी जनप्रतिनिधीको काँधमा आएको बताए ।

Next Post

ग्यारेजमा आगलागी हुँदा दुई बस जलेर नष्ट

३० बैशाख २०७६, सोमबार १९:१६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगन्ज उप–महानगरपालिका–४ मा रहेको ग्यारेजमा भएको आगलागीमा परेर मर्मत गर्न राखिएका ४ वटा बसमा आगलागि हुँदा २ वटा बस जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रकाश सापकाटाले दिएको जानकारी अनुसार नेपालगन्ज बसपार्कबाट बाईपास हुँदै काकाँदोचोक निस्कने बाटोमा कृष्णबहादुर पुनले […]