कैदीबन्दी भेट्नेको साथबाट लागुऔषध बरामद

२९ बैशाख २०७६, आईतवार १७:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला कारागार बाँकेमा कैदी बन्दीलाई भेट्न आएका एक जनाको साथबाट सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । कैदीबन्दी भेट्न आएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का गोबिन्द सुनारको साथबाट कारागारमा रहेको सशस्त्र प्रहरीले १ सय ५० मिलीग्राम ब्राउन सुगर बरामद गरेको हो ।
सुनारको झोला जाँच गर्न लाग्दा उनी झोला छोडेर फरार भएको सशस्त्र प्रहरी निरीक्षक जगदीशप्रसाद थारुले जानकारी दिए । सुनारको झोलामा रहेको क्रीमको बट्टामा तीन पुडिया ब्राउन सुगर फेला परेको उनले बताए ।
कर्तब्य ज्यान मुद्दामा कैदसजाय भोगी रहेका सानुबाबु भन्ने धनबहादुर सुनारलाई भेट्न आएका गोविन्द सुनार झोला छोडेर फरार भएपछि आवश्यक अनुसन्धानका लागि लागुऔषध ब्राउन सुगर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थारुले जानकारी दिए ।


Next Post

घुस लिएको आरोपमा वनका दुई पदाधिकारी पक्राउ

२९ बैशाख २०७६, आईतवार १७:५२
सदरलाइनडटकम, नेपालगञ्ज : घुस लिएको आरोपमा बाँकेस्थित एक सामुदायिक वनका दुई पदाधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले ५ लाख घुस लिएको आरोपमा लामीडाँडा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई नियन्त्रणमा लिएको हो । बाँकेको राप्तीसोनारी गाउँपालिका १ स्थित लामीडाँडा सामुदायिक […]