सदरलाइनडटकम,
दाङ : दाङको भालुबाङबाट ध्वासे चितुवाको छाला सहित तीन जना पक्राउ परेका छन् । ५ नम्बर प्रदेश अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक देबिप्रसाद गैरेको नेतृत्वमा गएको टोलीले उनिहरुलाइ बजारमा हिडदै गरेको अवस्थामा छाला सहित आइतवार बिहान साढे १० बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ का २० बर्षका बिष्णु खनाल, २६ बर्षका शालिक राम भण्डारी र सोहि वडाकै ३२ बर्षका दिपक भण्डारी रहेका छन् ।
अनुसन्धान ब्युरोले भालुबाङ बजारमा उनीहरुको हिँडाई शंकास्पद देखेपछि जाँच गर्ने क्रममा सेतो प्लास्टिकको बोरा भित्र लुकाइराखेको अवस्थामा ध्वासे चितुवाको सिङ्गो छालानै बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भालुबाङमा राखिएको छ ।
Next Post
नेपालगञ्जमा बोटानिकल गार्डेन बन्दै
२९ बैशाख २०७६, आईतवार १७:१७
सम्बन्धित
-
२२ कार्तिक २०७६, शुक्रबार १३:४७
‘नेपालमा उत्पादित विद्युत भारतमा बेच्ने सहमति’
-
१५ श्रावण २०७५, मंगलवार १७:४८
घुस रकमसहित गुलरिया नगरपालिकाका असिस्टेन्ट सव–ईञ्जिनियर पक्राउ
-
३ भाद्र २०७५, आईतवार १२:२२
द्वन्द्वपीडित तथा एकल महिलालाई मुलुकी संहिताबारे अनुशिक्षण
-
२८ आश्विन २०७९, शुक्रबार १०:०८
१५ बर्षीय सलिना बनिन् शिक्षा शाखा प्रमुख
-
२३ फाल्गुन २०७४, बुधबार ०९:३८
दुईतिहाइको सरकार बन्ने पक्का
-
१६ फाल्गुन २०७८, सोमबार ११:०८
चितुवाको छालासहित तीनजना पक्राउ