बाँकेमा अत्याधुनिक स्टिल उद्योग सञ्चालन हुँदै

२६ बैशाख २०७६, बिहीबार १४:५१
 

सदरलाइनडटकम,
जानकी (बाँके) : नेपालगञ्जमा दैनिक सातसय मेट्रिक टन छड उत्पादन गर्ने गरी अम्बे समूहले अत्याधुनिक जय अम्बे स्टिल्स उद्योग सञ्चालन गर्दैछ । उद्योगले यहि असारदेखि उत्पादन शुरु गर्ने उद्योग प्रबन्धक अनुज कुमार श्रेष्ठले जानकारी दिए । बाँकेको जानकी गाउँपालिकामा १० विघा क्षेत्रफलमा सञ्चालन हुन लागेको स्टिल्सको भौतिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
बाँकेको स्टिल्स उद्योग अम्बे समूहको भैरहवामा सञ्चालित स्टिल्स उद्योग भन्दा उत्पादन र लगानीका हिसावले ठुलो उद्योग भन्दै प्रबन्धक श्रेष्ठले पहिलो चरणमा उद्योगमा तीनअर्बको लगानी भएको बताए । उद्योगले ८ एमएमदेखि ४० एमएमसम्मका छड उत्पादन गर्नेछ । पश्चिम नेपालमा ठुला जलविद्युत परियोजना र निर्माण कार्यमा तिव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठुलो लगानीमा स्टिल्स उद्योग संचालन गरेको हो ।
उद्योग पूर्णरुपमा संचालन भएपछि करीब चार सय जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । जलविद्युत परियोजनालाई लक्षित गरि ४० एमएमसम्मको छड उत्पादन गर्न लागिएको अम्बेले जनाएको छ । अम्बे स्टिल्स लगानीको हिसावले बाँकेमा ठुलो उद्योग भएको छ । अम्बे स्टिल्सको स्टिल्सबाहेक वीरगञ्जमा सिमेन्ट उद्योग सञ्चालनमा रहेको छ । बाँकेमा पछिल्लो समय नयाँ नयाँ उद्योगहरु थपिनेक्रममा रहेका छन् ।

Next Post

कोलगेटमा क्यान्सर लगाउने रसायन भेटियो

२६ बैशाख २०७६, बिहीबार १४:५१
सदरलाइनडटकम, काठमाण्डौ : कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । […]