बेपत्ता सहायक लेखापालको शव भेटियो

२५ बैशाख २०७६, बुधबार १६:११
 

सदरलाइनडटकम,
डडेल्धुरा : महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधवार शव फेला परेको हो ।
परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा महाकाली किनारमामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए । यहाँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पालका आफन्तलाई शवको तस्वीर पाउँदा उक्त शव उनकै भएको पुष्टि गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए। भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर शव नदिबाट निकाल्ने प्रयास भइरहेको उनले बताए । शनिवार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।

Next Post

लालपुर्जा माग्दै भुमिहीन किसान आन्दोलनमा

२५ बैशाख २०७६, बुधबार १६:११
सदरलाइनडटकम, दाङ : दाङका भूमिहीन तथा सुकुम्बासी किसानहरु बस्दै आएको जग्गाको लालपूर्जा माग्दै सडकमा उत्रिएका छन् । भूमि सम्वन्धि समस्या समाधानको माग राख्दै जिल्लाका करीब २ हजार भुमिहिन किसान सडकमा उत्रिएका हुन् । भूमि माथिको बेथिति र सबै खालको भ्रष्ट्राचार बिरुद्ध खबरदारी गर्न सडकमा उत्रिएको उनिहरुले बताएका छन् । राष्ट्रिय […]