लाहोरको दरगाहमा बम विस्फोट, आठको मृत्यु

२५ बैशाख २०७६, बुधबार १५:५६
 

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर विस्फोट भएको पाकिस्तानी अधिकारीहरुलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।
सुरक्षामा खटिएको एक गाडीलाई निशाना बनाएर बम विस्फोट गराइएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटमा घाइते भएकाहरुलाई अस्पतालमा भर्ना गरिएको छ । विस्फोटपछि से क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । विस्फोट गराइएको क्षेत्रमा खोजतलासी जारी रहेको छ । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन ।



लाहोर पुलिसका डीआईजी मोहम्मद अशफाकले दरगाह बाहिर खडा गरिएको पुलिस अधिकारीको गाडीलाई निशाना बनाइएको बताए । दाता दरबार दरगाह दक्षिण एशियाको सबैभन्दा पुरानो दरगाहमध्ये एक हो । सन् २०१० मा पनि त्यहाँ भएको विस्फोटमा ४२ जनाले ज्यान गुमाएका थिए ।
(एजेन्सी)

Next Post

बेपत्ता सहायक लेखापालको शव भेटियो

२५ बैशाख २०७६, बुधबार १५:५६
सदरलाइनडटकम, डडेल्धुरा : महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधवार शव फेला परेको हो । परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा महाकाली किनारमामा उनको शव फेला परेको इलाका […]

सम्बन्धित