लुम्बिनी भ्रमण वर्षको तयारीमा जोडतोड

२४ बैशाख २०७६, मंगलवार २३:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पाँच नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष–२०७६ को प्रचारलाई तिब्रता दिएको हो । प्रदेश मन्त्रीसहितको जम्बोटोली प्रचारप्रसारको क्रममा नेपालगन्जमा आईपुगेको छ ।
प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको जानकारी दिदै लुम्बिनीबाट विश्व शान्तिको सन्देश फैलाउन तथा आन्तरिक पर्यटकको संख्या बढाउने उद्देश्य सहित भ्रमण वर्ष घोषणा गरिएको बताए । उनले भ्रमण वर्षको जेठ ४ गते बुद्ध पूर्णिमाको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक उद्घाटन गर्ने बताए ।
कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री गिरीले लुम्बिनी भ्रमण भन्दै अरु क्षेत्रलाई नछोडिएको बताए । पर्यटकीय क्षेत्रको प्रचार गर्ने शैलीको कमि रहेको भन्दै त्यस्तो प्रवृतिलाई परिवर्तन गर्दै पर्यटन व्यवसाय प्रबद्र्धन गर्ने लक्ष्य भ्रमण वर्षको रहेको बताए ।
‘नाम लुम्बिनी भ्रमण वर्ष हो, तर यसमा प्रदेशका सबै स्थान समेटिएका छन, उनले भने–‘लुम्बिनीलाई केन्द्रमा राखेर मानसरोवरसम्म पर्यटक पुराउने योजना हाम्रो हो ।’ यो भ्रमण वर्षले नेपाल भ्रमण वर्षलाई समेत सघाउने बताए ।
काठमाण्डौंमा आउने पर्यटक पोखरा र सौराहामात्रै नभई लुम्बिनी सहित प्रदेश ५ हुदै सुदुरपश्चिमसम्म पनि पुराउने लक्ष्य राखिएको उनले बताए ।
भ्रमण वर्षले पर्यटकीय वातावरण सिर्जना हुने र पर्यटकको बसाई अवधी लम्बिने समेत मन्त्री गिरीले विश्वास गरे । लुम्बिनी आउने पर्यटकलाई दाङ उपत्यका, स्वर्गद्वारी, बाके बर्दिया राष्ट्रिय निकुञ्जसहित होमस्टेहरुमा घुमाउने अभियान समेत रहेको उनले बताए ।
मन्त्रालयले तालतलैया सहित बिभिन्न पर्यटकीय पूर्वाधार निर्माणको काम समेत थालेको जानकारी दिए । उनले स्थानीय तहलाई समेत पर्यटकीय पूर्वाधार निर्माण र त्यसको प्रवद्र्धन गर्न आग्रह समेत गरे । सबै तहबाट पर्यटन प्रर्वद्धनमा काम भए त्यसले मुलुकको समृद्धिमा सघाउने उनले बताए । मन्त्री गिरीले पर्यटकलाई लोभ्याउने काम गर्न होटल व्यवसायीहरुलाई समेत आग्रह गरे ।
अन्र्तक्रियामा बोल्दै बाँके क्षेत्रका पर्यटन व्यवसायीले लुम्बिनी भ्रमण वर्षमा प्रदेशका हरेक पर्यटकीय क्षेत्रलाई जोड्न सुझाव दिएका छन् । लुम्बिनीभित्र सबै क्षेत्र समेटिदा आञ्चलिक मनोविज्ञान अन्त्य हुदै समग्र प्रदेशकै पर्यटन विकास हुने बताए । बाके र बर्दियाका पर्यटकीय गन्त्व्यलाई समेट्दै लैजान उनीहरुले सुझाव दिए ।
लुम्बिनी भ्रमण वर्षका अवसरमा प्रदेश सरकारले प्रदेशभरकै पर्यटकीय गन्त्व्यको चिनारी गराउने उद्देश्य राखेको छ । लुम्बिनी आउने पर्यटकको बसाई अवधी लम्ब्याउनका लागि कपिलवस्तु, रामग्राम सहितका पर्यटकीय क्षेत्रको प्रचार र विकास गर्ने योजना समेत रहेको छ ।
लुम्बिनी भ्रमण वर्षकै अवसरमा लुम्बिनीमा मायादेवी प्रसुती उत्सव गरिदैछ । बौद्धकालीन खाना प्रदर्शनी सहित लुम्बिनी फेस्टिवल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दीर परिसरमा दैनिक दीप प्रज्वल, पूर्णिमा उत्सव लगायतका कार्यक्रम हुने प्रचार प्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले जानकारी दिए । भ्रमणवर्षबाट लुम्बिनीमा वार्षिक २० लाख पर्यटन आउने अपेक्षा गरिरएको छ । मन्त्रालयका अधिकृत केशव सुनारले भ्रमण वर्षको प्रचारका लागि सातै प्रदेशमा अन्र्तक्रिया गरिएको जानकारी दिए । 

Next Post

नेपालगञ्जमा ‘कोसेली घर’

२४ बैशाख २०७६, मंगलवार २३:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा महिला उद्यमी संघ बाँकेले कोसेली घर सञ्चालनमा ल्याएको छ । नेपालगञ्जको बीपीचोक नजिकै सञ्चालनमा ल्याईएको सो कोेसेली घरमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला, बस्तुकलाका साथै खाद्य वस्तुहरु बिक्रीमा राखिएका छन् । मंगलबार कोसेली घरको उद्घाटन गर्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले कोसेली घरका […]