फर्निचर उद्योगमा आगलागी, १० लाखको क्षति

२४ बैशाख २०७६, मंगलवार १७:०६
 

सदरलाइनडटकम,
दाङ : दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित ओम फर्निचर उद्योगमा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।
उनका अनुसार सोमवार राति १२ बजे आगलागी हुँदा एउटा मोटरसाइकल, एक थान काठ चिर्ने उपकरण र दुई थान झ्याललगायत सामग्री जलेर नष्ट भएको थियो । समयमै प्रहरी पुगेर आगो निभाएकाले थप क्षति हुनबाट बचेको उनको भनाइ थियो । आगो राती सवा १ बजे नियन्त्रणमा लिइएको थियो ।
उद्योगका सञ्चालक ओमनारायण चौधरीले भने विद्यत् चुहावट भएर नभई कसैले सुनियोजित तरिकाले आगो लगाएको हुन सक्ने बताए । आगलागी भइरहेको अवस्थामा पनि बाहिरका बत्ती बलिरहेकाले यो विद्युत् चुहावट भएर नभई कसैले व्यक्तिगत रिसइबीका कारण आगलागी गराएको हुनसक्ने भन्दै उनले यस विषयमा आफूले प्रहरीमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिए ।

Next Post

विश्वकप लिग ‘टू’का केही खेल नेपालमा हुने

२४ बैशाख २०७६, मंगलवार १७:०६
सदरलाइनडटकम, काठमाण्डौ : आईसीसी एक दिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतका केही खेलहरु नेपालमा हुने भएको छ । क्यान निलम्बनमा परेका कारण नेपालले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न नपाएको लामो समय भइसकेको छ । यसअघि नेपालले सन् २०१७ मा केन्याविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो । आईसीसी विश्व क्रिकेट […]