बाँकेमा मनाइयो सडक सुरक्षा सप्ताह

२३ बैशाख २०७६, सोमबार १८:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आर्ईएचआरसी) र नेपाल अटोमोबाईल्स एशोसिएशन(नासा) को आयोजनामा सडक सुरक्षा सप्ताह बाँकेमा पनि मनाईएको छ । मे ६ देखि १२ सम्म संसारमा पाँचौ यूएन ग्लोबल रोड सेफटी सप्ताह मनाईदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो सप्ताह सन् २००७ मा पहिलो पटक, सन् २०१३ मा दोस्रो, सन् २०१५ मा तेस्रो र सन् २०१७ मा चौथो पटक मनाईएको थियो ।
सडक दुर्घटनाका कारण बर्षेनी हजारौंको अकालमै मृत्यु, आर्थिक क्षति, उत्पादकत्वमा ह्रास, सामाजिक र पारिवारिक असन्तुलन, गरिबीको चक्रमा पीडित परिवार, विभिन्न मनोवैज्ञानिक असरहरू, पर्यटन प्रवर्धनमा मुख्य चुनौती मुख्य असरहरू देखिएकोले सडक दुर्घटनाबारे सचेतना फैलाउन अति आवश्यक रहेको आईएचआरसीका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।
कार्यक्रममा नेपाल बार एशोसिएशन प्रदेश नं. ५ का उपाध्यक्ष सुनिल श्रेष्ठ, जिल्ला बार एशोसिएशन, बर्दियाका अध्यक्ष देवीदत्त देवकोटा, सामाजिक अभियन्ता कमलराज पौडेल, गैरसरकारी महासंघ, बर्दियाका अध्यक्ष बिष्णु तिमिल्सेना, नेपाल मानव अधिकार संगठनका अध्यक्ष प्रल्हाद बहादुर कार्की, पूर्व जिल्ला बार अध्यक्ष बल हादुर चन्द, अधिवक्ता चित्रबहादुर केसी, बालअधिकारकर्मी साहिल अन्सारी, महिलाअधिकारकर्मी रमारानी वैश्यलगायतको सहभागिता थियो ।

Next Post

बुद्ध जयन्तीमा यशोधरा बौद्ध महिला संघको विभिन्न कार्यक्रम

२३ बैशाख २०७६, सोमबार १८:४५
सदरलाइनडटकम, नेपालगन्ज   : २५६३ औं बुद्ध जयन्तीको अवसर पारेर यशोधारा बौद्ध महिला संघ बाँकेले नेपाल परिवार नियोजन सघं बाँकेसंगको सहकार्यमा एकदिने महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच शिविरको आयोजना गरेको छ । यशोधरा बौद्ध महिला संघकी अध्यक्ष शुदर्शना शाक्यले गृहणी महिलालाई पाठेघरको मुखको क्यान्सरको बारेमा जानकारी गराउदै पाठेघरको मुखमा क्यान्सर भए […]