राज्यले सुविधा दिएको जेष्ठ नागरिकको स्वीकारोक्ति

२३ बैशाख २०७६, सोमबार १८:३५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : आफ्ना छोराछोरीले वेवास्ता गरेपनि राज्यले आफुहरुलाई सुविधा दिएको कोहलपुरका जेष्ठ नागरिकहरुले बताएका छन् । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत अनुगमन तथा सुपरिवेक्षण समितिसँगको छलफलमा जेष्ठ नागरिकहरुले आफ्नै सन्तानबाट अपहेलना भोग्नु परेको बताए ।
कोहलपुर नगरपालिकाकी उपमेयर सन्जुकुमारी चौधरीको संयोजकत्वमा गठित समितिले सोमवार कोहलपुर १ का बृद्धबृद्धा तथा जेष्ठ नागरिकहरुसँग छलफल गरेको हो । सो क्रममा जेष्ठ नागरिकहरुलाई भत्ता वितरणको व्यवस्थालाई थप व्यवस्थित गर्न आग्रह गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. १ का जेष्ठ नागरिक नेत्र प्रसाद तिवारीले बैकिङ्ग प्रणालीबाट सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था सहज र भरपर्दो भएको बताए । यद्यपी भत्ता बुझ्न गएका जेष्ठ नागरिकहरुलाई शौचालय र बस्ने स्थानको उचित प्रवन्ध नहुँदा समस्या हुने गरेको तिवारीले बताए ।
वडा नं. १ कै जेष्ठ नागरिक जुनुकुमारी बुढाले सामाजिक सुरक्षा भत्ता मासिक रुपमा वितरण गरिनुपर्ने बताईन् । कतिपय बृद्धबृद्धा तथा अपाङ्गहरु बैंकसम्म पुग्न नसक्ने भएकाले वडा कार्यालयबाटै भत्ता उपलब्ध गराउन बुढाले माग गरिन् । सरकारले बैंक प्रणालीबाट प्रत्येक चौमासिकमा भत्ता उपलब्ध गराउँदै आएको छ । कोहलपुर वडा नं. १ मा हाल ३ सय ८४ जनाले सामाजिक सुरक्षा भत्ता तथा बृद्ध भत्ता बुझ्दै आएका छन् ।
भार्गव विकास बैंकमार्फत प्रत्येक चौमासिकमा १८ लाख ९० हजार रकम भत्ता स्वरुप वितरण हुँदै आएको नगरपालिका कार्यालयले जनाएको छ । कार्यक्रममा कोहलपुरकी उपमेयर चौधरीले जेष्ठ नागरिकलाई राज्यले हरेक क्षेत्रमा पहिलो प्राथमिकतामा राखेको बताईन् । कतिपय कानूनी प्रावधानबारे अधिकाँश जेष्ठ नागरिकहरु जानकार नहुँदा सेवा प्रवाहमा समस्या देखिएको बताउँदै चौधरीले हरेक वर्ष वडा कार्यालयमार्फत आफ्नो विवरण नविकरण गराउन आग्रहसमेत गरिन् ।

Next Post

बाँकेमा मनाइयो सडक सुरक्षा सप्ताह

२३ बैशाख २०७६, सोमबार १८:३५
सदरलाइनडटकम, नेपालगञ्ज : सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आर्ईएचआरसी) र नेपाल अटोमोबाईल्स एशोसिएशन(नासा) को आयोजनामा सडक सुरक्षा सप्ताह बाँकेमा पनि मनाईएको छ । मे ६ देखि १२ सम्म संसारमा पाँचौ यूएन ग्लोबल रोड सेफटी सप्ताह मनाईदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो सप्ताह सन् २००७ मा पहिलो पटक, सन् […]

सम्बन्धित