व्यापारीद्वारा धनगढीमा पत्रकार कुटिए

२२ बैशाख २०७६, आईतवार १८:४०
 

सदरलाइनडटकम,
धनगढी : धनगढीमा स्थानीय एक व्यापारीबाट पत्रकार कुटिएका छन् । दिनेश एफएमका सम्बाददाता जनक विष्टलाई व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन् । त्रिनगर माध्यमिक विद्यालयको सटर भाडामा दिएको सम्बन्धमा रिपोर्टिङ गर्न गएका विष्टलाई व्यापारीले कुटपिट गरेका हुन् ।
समाचार संकलनको क्रममा थापाले एकाएक कुटपिट गरेको बताइएको छ । विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा जानकारी लिइरहेका बेला व्यापारी थापाले एकाएक आक्रमण गरेका थिए । कुटपिटबाट घाइते पत्रकार विष्टको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाको विरोधमा पत्रकारका पेशागत संघसंगठनहरूले विज्ञप्ति जारी गरेका छन् ।

Next Post

‘फणी’बाट बंगलादेशमा पाँचको मृत्यु, ६० घाइते

२२ बैशाख २०७६, आईतवार १८:४०
सदरलाइनडटकम, काठमाण्डौ : भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ । आँधीमा परेर त्यहाँ ६० जनाभन्दा बढी घाइते भएका छन् । आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० […]