नेपाल आईस आन फुटसल सोमबारदेखि, ३२ टिम ८ समूहमा भिड्दै

  
  प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६       | 78 Views   ||

सदरलाइनडटकम,
काठमाडौं  :  नेपाल विज्ञापन संघ आनको आयोजनामा आगामी सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ ।  प्रतियोगितामा नेपालका व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ ।
सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको विहीबार ‘टाई सिट’ पनि ‘ड्र’ गरिएको छ । ३२ टिमलाई ८ समूहमा विभाजन गर्दा प्रत्येक समूहमा ४–४ टिम रहेका छन् । समूह ए मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेप र सर्वोत्तम सिमेन्ट रहेका छन् ।
समूह बीमा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् । समूह सी मा जनता टिभी, गोरखापत्र दैनिक, एबीसी टिभी, र शिलापत्र डटकम रहेका छन् ।
त्यसैगरी समूह डी मा मेडिसिटी अस्पताल, अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम एडभरटाईजिङ रहेका छन् । समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ«े वैंक रहेका छन् ।
समूह एफ मा मिडिया वास्केट, पिक्सन इन्जिनियरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन् । समूह जी मा कान्तिपुर मिडीया ग्रुप, नयाँ पत्रिका, प्रिज्मार्क र क्यू एफ एक्स सिनेमा रहेका छन् ।
समूह एच मा कि एडभरर्टाजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब रहेका छन् । वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए । १० लाख बजेटको यस प्रतियोगिताका लागि करिब ६ लाख खर्च हुने र बाँकी बचत आनको कोषमा जम्मा गर्ने पनि अध्यक्ष शशीको भनाई थियो ।
प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजना गर्दा हस्पिटल पार्टनरको रुपमा मेडिसिटी अस्पताल रहेको छ । यसैगरी प्रतियोगिताको प्राविधिक पक्षको व्यवस्थापन आईडिया एडभरटाईजिङ एण्ड मार्र्केटिङले गरेको छ ।
कार्यक्रममा प्रायोजक संस्था चौधरी ग्रुपका वरिष्ठ महाप्रवन्धक प्रदीप पुडासैनीले सामाजिक उत्तरदायित्व वहन गर्ने अभियान अन्र्तगत आनलाई सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा चौधरी ग्रुपको सधैं साथ रहने पनि प्रतिवद्धता जनाए ।

प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६     6:34:40 PM  |