खाद्य आयात निर्यात प्रणालीलाई सरल तथा सहजता बनाउन माग

१७ बैशाख २०७६, मंगलवार ०७:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : खाद्य आयात निर्यात प्रणालीलाई सरल तथा सहजता बनाउन नेपालगञ्जका व्यावसायिले माग गरेका छन् ।  खाद्य आयात निर्यात तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य स्वच्छता तथा जनावर र विरुवाको स्वास्थ्य रक्षार्थ आवश्यक एसपिएस प्रावधान सम्बन्धित ऐन नियम, निर्देशिका, कार्यविधिका बारेमा सरोकारवाला बीचको छलफल कार्यक्रमका सहभागिले सो माग गरेका हुन ।
कार्यक्रकममा बोल्दै नेपालगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा किराना व्यावसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले खाद्य सामाग्री आयात निर्यातमा अनुमति दिने निकाय र प्रयोगशाला नेपालगन्जमा नहुँदा व्यावसायिहरुलाई निक्कै झण्झट भएको बताए ।
उनले खुला सिमाको कारण देखाउदै दोष जति व्यावायीलाई दिएर उम्कन नमिल्ने बताउदै सेम्पल लिएर जाँच गरी तत्काल रिर्पोट दिने व्यवस्था मिलाउनु पर्ने सुझाव दिदै भने–‘ यहाँ दोष जति व्यावसायीलाई दिएर उम्कन खोजिएको छ । खुल्ला सिमाको कारण हुने विभिन्न खालका गतिविधि रोक्दै सरल र सरलिकृत तरिका अपनाउदै दुबैको वीनवीनको अबधारणाले अघि बढ्न आवश्यक छ ।’
उपभोक्ता हित संरक्षण समितिका सचिव प्रभात कुमार ठकुरीले बजारमा गुणस्तरहीन खाद्य पदार्थ व्यापक हुँदा पनि उपभोक्तामा सचेतनाको अभाव र नियमन गर्ने निकायको फितलो प्रस्तुतिको कारण असहज परिस्थिति आएको बताए । उनले उपभोक्ता सचेतीकरणको लागि सबै क्षेत्रबाट पहल हुन आवश्यक रहेको औल्याए ।
स्थानीय उद्योगपति राजेश मास्केले आयात प्रमाणिकरण गर्नको लागि काठमाण्डौ धाउनु पर्ने बाध्यकारी प्रावधानलाई सरली करण गर्दै नेपालगन्जमै सो सुविधा उपलब्ध गराउन माग गर्दै भने–
‘गाउमै सिंहदरबार आयो भनेर सुनिएको छ तर हामी व्यावसायीलाई भने पहिला भन्दा अहिले झन काम गर्न कठिन भएको छ । सानो सानो कामको लागि पनि काठमाण्डौ धाउनु पर्ने बाध्यता कायमै रहेको छ कहिले पाउछौ हामीले सिंहदरबार हाम्रो गाउमा आएको अनुभूती ।’
खाद्य आयात निर्यात तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख एकराज बुढाथोकीको अध्यक्षता, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न छलफल कार्यक्रममा खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख खाद्य निरिक्षक ज्योत्स्ना श्रेष्ठले कार्यपत्र प्रतुत गरेकी थिईन ।

Next Post

युवतीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त

१७ बैशाख २०७६, मंगलवार ०७:४८
सदरलाइनडटकम, कैलाली : ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ७ जना घाईते भएका छन् । लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षीया सुनिता रावलको मृत्युपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । रावलको मृत्युपछि आन्दोलनमा उत्रिएका […]

सम्बन्धित