‘मुख्यमन्त्री लक्षित गरी बम विष्फोट भन्ने कुरा हल्ला मात्र’

१६ बैशाख २०७६, सोमबार १९:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क  :  मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी बम विष्फोट गरिएको भन्ने समाचार सस्तो लोकपृयताका लागि प्रचार गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री पोखरेल आज सोमबार रोल्पा जिल्लाका स्थानीय जनप्रतिनिधिहरुलाई विशेष प्रशिक्षण दिन सदरमुकाम लिवाङ्ग पुगेका छन ।
मुख्यमन्त्री पोखरेलले रोल्पा जिल्ला उद्योग बाणिज्य संघको सभा हलमा प्रशिक्षण दिईरहेको समयमा विभिन्न अनलाईनले मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट कार्यक्रम स्थल तनाव लगाएत समाचार प्रकाशित गरेको प्रति उनको सचिवालयको ध्यान आकर्षित भएको जनाईएको छ ।
‘मुख्यमन्त्रीले करिब २ घण्टासम्म जनप्रतिनिधिलाई प्रशिक्षण दिनु भयो यहाँ कुनै पनि बम विष्फोटको सूचना छैन, सस्तो लोकपृयताका लागि अफवाह फैलाईएको हो’– मुख्यमन्त्रीको सचिवालयले स्रोत वतायो ।
जनप्रतिनिधिलाई प्रशिक्षण लग्गतै मुख्यमन्त्रीले रोल्पाका नेकपाका अगुवा कार्यकर्तालाई संवोधन गर्ने कार्यक्रम रहेको छ । आजै मुख्यमन्त्रीले कार्यालय प्रमुखलाई निर्देशन दिने कार्यक्रम रहेको छ । रोल्पामा मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोटनका विषयमा आएका समाचारमा सत्यता नभएको उनको सचिवालय स्रोतले वताएको छ । स्रोतका अनुसार लिवाङ्ग आसपासमा त्यस प्रकारको कुनै घटना समेत नभएको बताइएको छ ।

Next Post

८४ वर्षका जेष्ठ नागरिकलाई घरमै निशुल्क स्वास्थ्य सेवा लागू

१६ बैशाख २०७६, सोमबार १९:३४
सदरलाइनडटकम, नेपालगञ्ज : पाँच नंम्बर प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने निर्णयको कार्यान्वयनका लागि बाँकेबाट सुरु गरेको छ । स्वास्थ्य कार्यालय बाँके र जिल्ला समन्वय समिति बाँकेको सहकार्यमा सो कार्यक्रम लागू गर्नको लागि बाँकेका सबै पालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई एकदिने […]