संघीय संसदको बजेट अधिवेशन शुरु

१६ बैशाख २०७६, सोमबार १६:५७
 


सदरलाइनडटकम,
काठमाण्डौ : संघीय संसदको बजेट अधिवेशन सोमवारदेखि शुरु भएको छ । सोमवार अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पढेर सुनाएसँगै संघीय संसदको बजेट अधिवेशन शुरु भएको हो ।
सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारबाही आरम्भ भएको जानकारी गराउदै पत्र पढेर सुनाउनु भएको थियो । बैठकमा अहिले अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्य राख्दैछन् ।

Next Post

उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति

१६ बैशाख २०७६, सोमबार १६:५७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमवार बिहान आगलागी भएको छ । आगलागीबाट उद्योगको गोदाम घरमा भण्डारण गरिएको करीब ५० लाख मूल्य बराबरको कपास जलेर नष्ट भएको उद्योग सञ्चालकले बताएका छन् । आगलागीको खबर पाएलगत्तै नेपालगञ्ज उपमहानगरपालिकाबाट पुगेको दमलकको सहायतामा प्रहरी र स्थानीय […]