स्कूल प्रिन्सेस–२०१९ को उपाधि प्राञ्जली अर्याललाई

१५ बैशाख २०७६, आईतवार २०:२४
 


सदरलाइनडटकम,
नेपालगञ्ज : ब्लु ओरिजन प्रालिको ब्यानरमा नेपालगञ्जमा सम्पन्न भएको स्कूल प्रिन्सेस–२०१९ को उपाधि प्राञ्जली अर्यालले चुम्न सफल भएकी छन् ।
उनले ११ जना प्रतिष्पर्दीलाई उछिन्दै स्कूल प्रिन्सेसको उपाधि संगै प्रिन्सेस अफ टेलेन्ट पनि जित्न सफल भईन । यसैगरी जेनिशा जिसि फस्ट रनरअफ संगै प्रिन्सेस अफ फेम, माही वैष्यले सेकेन्ड रनरअप संगै प्रिन्सेस अफ डिसिपिलेन, सम्राज्ञी मल्लले थर्ड रनरअपसंगै प्रिन्सेस आफ कन्फिडेन्स, र समिक्षा वडुले फोर्थ रनरअपसंगै प्रिन्सेस अफ एटिच्यूडको उपाधि जित्न सफल भईन ।
सोल्टी वेष्टेण्ट प्रिमियर नेपालगन्ज, बालेराम रमशंकर ज्वलरीज नेपालगन्ज र घर निर्माण हर्डवयेर नेपालगन्जको सहयोगमा सम्पन्न कार्यक्रममा सिमोन गिरिले प्रिन्सेस अफ स्माईल, प्रिन्सेस अफ भिभासिटि दिया बस्नेतले प्रिन्सेस अफ ईप्रुभमेन्ट, न्यान्सी गुप्ता प्रिन्सेस अफ क्याटवाक, अंकिता सत्याल प्रिन्सेस अफ डिग्निटि, पूजा गिरि प्रिन्सेस अफ सोफिष्टिकेशन र सिमरिक बिसिले प्रिन्सेस अफ स्किनको उपाधि जितेका थिए ।
आयोजक ब्लु ओरिजनका निर्देशक पवन स्रोतियाले विद्यार्थीमा लुकेका प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिए ।
सो कार्यक्रममा निर्देशक स्रोतिया, सरोज तामाङ्ग र डा रोमा बोराले प्रतिश्पर्दीहरुलाई विभिन्न खालका तालिम दिएका थिए । प्रतियोगिताको निर्णायकमा समाजसेवी ममता जलान, सदरलाइन पब्लिकेशनका अध्यक्ष तथा सम्पादक रुद्र सुवेदी, शिक्षाविद्ध सरोज तामाङ्ग र डा. रोमा बोरा रहेका थिए ।

Next Post

संघीय संसदको बजेट अधिवेशन शुरु

१५ बैशाख २०७६, आईतवार २०:२४
सदरलाइनडटकम, काठमाण्डौ : संघीय संसदको बजेट अधिवेशन सोमवारदेखि शुरु भएको छ । सोमवार अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पढेर सुनाएसँगै संघीय संसदको बजेट अधिवेशन शुरु भएको हो । सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारबाही आरम्भ भएको जानकारी गराउदै पत्र […]

सम्बन्धित