एसीसीमा नेपालद्वारा उपाधि रक्षा

१५ बैशाख २०७६, आईतवार १७:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले उपाधि रक्षा गरेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले मलेशियालाई फाइनलमा ५९ रनले हरायो । नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनायो । २० रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रनमा तीन विकेट झार्न पुग्यो । सुशान्त थापा ५ रनमा आउट भए भने आशिष भट्टराई दुई तथा दीपक बोहोरा २३ रनमा पेभेलियन फर्किए ।
त्यसपछि कप्तान विशाल विक्रम केसी १७ रनमा आउट भएपछि नेपालले ६८ रनमा चार विकेट खेर फाल्यो । पाँचौ विकेटका लागि रोहन दुधराज विक र प्रशान्त महतले नेपालका पारीलाई सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् । रोहन नौ रनमा आउट भए । त्यसपछि विशालकुमार पटेल दुई रनमा आउट भए भने प्रशान्त महत ४० रनमा पेभेलियन फर्किएपछि नेपालले एक सय ६ रनमा सात विकेट गुमायो । त्यसपछि नेपालको स्कोर एक सय २२ रन हुँदा आठौं विकेट र्झयो । क्रिस कार्की नौ रनमा आउट भए भने निखिल कुमार सिंह १३ रनमा पेभेलियन फर्किए । जसका कारण नेपालले एक सय ३१ मा नौ विकेट खेर फाल्यो । अन्ततस् नेपालले एक सय ४१ रनको लक्ष्य दियो । जवाफमा मलेशिया ३४ ओभर ५ बलमा ८१ रनमा रोकियो ।
उसका तीन खेलाडीलेमात्र दोहोरो अंक छुन सके । मलेशियाले नौ रनमा पहिलो विकेट गुमायो । उसका किशन कुमार खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि २२ रन हुँदा सिद्धार्थ कार्तिक चार रनमा पेभेलियन फर्किए । त्यसका लगत्तै अर्का खेलाडी वान मुहम्मद अजाम पनि १६ रनमा पेभेलियन फर्किएपछि नेपालले तेस्रो विकेट लिन सफल भयो । नेपाल बलरसामु निरिह देखिएको मलेशियाको स्कोर ३४ रन हुँदा लोकमन नुर साहर ५ रनमा आउट भए । त्यसको लगत्तै वान अहमद पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा नेपालले पाँचौ सफलता हात पार्यो । समूह चरणमा पनि नेपालसँग नै पराजित भएको मलेशियाको स्कोर ४१ रन हुँदा ६ विकेट झर्यो ।
उसका अहमद अकिल अलिफ तीन रनमा आउट भए । त्यसको लगत्तै ४२ रन हुँदा सर्भिन आठ रनमा पेभेलियन फर्किए । आठौं विकेटका लागि मुहम्मद हाजिक र जितेन्द्र मुर्लेले २८ रनको साझेदारी गरेका थिए । तर हाजिक १८ रनमा आउट भएपछि नेपालले आठौं विकेट लियो । बलिङमा नेपालका विशालकुमार पटेलले चार विकेट हात पारे ।

Next Post

स्कूल प्रिन्सेस–२०१९ को उपाधि प्राञ्जली अर्याललाई

१५ बैशाख २०७६, आईतवार १७:४८
सदरलाइनडटकम, नेपालगञ्ज : ब्लु ओरिजन प्रालिको ब्यानरमा नेपालगञ्जमा सम्पन्न भएको स्कूल प्रिन्सेस–२०१९ को उपाधि प्राञ्जली अर्यालले चुम्न सफल भएकी छन् । उनले ११ जना प्रतिष्पर्दीलाई उछिन्दै स्कूल प्रिन्सेसको उपाधि संगै प्रिन्सेस अफ टेलेन्ट पनि जित्न सफल भईन । यसैगरी जेनिशा जिसि फस्ट रनरअफ संगै प्रिन्सेस अफ फेम, माही वैष्यले सेकेन्ड […]