जनप्रतिनिधि जनताको साझा सम्पत्ती : मन्त्री पोखरेल

१५ बैशाख २०७६, आईतवार १६:३७
 

सदरलाइनडटकम,
कञ्चनपुर : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले जनप्रतिनिधि र जनताबीच विश्वासको धागो चुडिन दिन नहुने बताएका छन् । बेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै मन्त्री पोख्रेलले जनप्रतिनिधि जनताको साझा सम्पत्ति भएकाले जनताले स्वामित्वको दाबी गर्नु स्वाभाविक भएको बताए ।
उनले जनताका प्रतिनिधि भएपछि जनताको मन जित्ने कार्य गर्नुपर्ने कुरामा जोड दिए । मन्त्री पोख्रेलले देशलाई धनी र जनतालाई सुखी सम्पन्न बनाउनका लागि सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेको बताए । देशलाई धनि बनाउन पाँच कुराको आवश्यकता पर्ने चर्चा गर्दै उनले कृषिलाई व्यवस्थित गरी भूउपयोग नीतिमा परिवर्तन गर्नु आवश्यक भएको जिकिर गरे ।

Next Post

तुलसीपुरमा बस दुर्घटना, चार घाईते

१५ बैशाख २०७६, आईतवार १६:३७
सदरलाइनडटकम, दाङ : दाङको तुलसीपुरमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । आईतवार दिउँसो २ बजे तुलसीपुर ६ हात्तीखौवामा बस दुर्घटनामा परेको हो । तुलसीपुरबाट बिराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी दङ्गीसरण २ का जमुना ओली, […]

सम्बन्धित