कक्षा १२ को परीक्षामा चार लाख परीक्षार्थी सहभागी

१५ बैशाख २०७६, आईतवार १५:१८
 

सदरलाइनडटकम,
काठमाण्डौ : कक्षा १२ को परीक्षा आइतवारदेखि देशभर शुरु भएको छ । परीक्षामा देशभरका एक हजार १०७ परीक्षाकेन्द्रबाट चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका छन्। परीक्षा बिहान सातदेखि १० बजेसम्म सञ्चालित हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाण्डौबाट र सबैभन्दा कम मनाङ जिल्लाबाट रहेका छन् । काठमाण्डौमा १२२ परीक्षाकेन्द्रबाट ६२ हजार ५८८ परीक्षार्थी छन् भने मनाङमा एक परीक्षाकेन्द्रबाट ५९ परीक्षार्थी सहभागी भएका छन् ।
वैशाख १५ बाट सञ्चालित परीक्षा २६ गते सम्पन्न हुनेछ । गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा उक्त त्रुटि नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसिक्यामेरा जडान गरेको छ । कक्षा १२ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ ।
यसैगरी, वैशाख २९ गते सुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहने परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार वैशाख २९ बाट शुरु हुने कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् । कक्षा ११ र १२ का नौ लाख ३६ हजार परीक्षार्थीमध्ये चार लाख ४२ हजार ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्रा रहेको बोर्डले जनाएको छ ।
परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीको लागि परीक्षामा विशेष व्यवस्था गरिएको र कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा बोर्डले जनाएको छ ।

Next Post

जेब्रा क्रसिङ र पार्किङबारे नेपालगञ्जमा जनचेतना

१५ बैशाख २०७६, आईतवार १५:१८
सदरलाइनडटकम, नेपालगञ्ज : ट्राफिक प्रहरीले आइतवार विहान नेपालगञ्जमा जेब्रा क्रसिङ र पार्किङको बारेमा जानकारी गराएको छ । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित शनिवारदेखि ट्राफिक सप्ताह शुरु भएसँगै यी कार्यको शुरुवात गरेको हो । ट्राफिक प्रहरीले आइतवार विहान नेपालगञ्जको धम्बोझी चोकमा मोटरसाइकल कसरी पार्किङ गर्ने बारेमा सम्बन्धित […]

सम्बन्धित