आफ्नो स्वार्थको लागि सामाजिक खलल नपुराउ : मन्त्री राई

  
  प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६       | 446 Views   ||

सदरलाइनडटकम,  
नेपालगञ्ज  :  शहरी विकास मन्त्री मो. ईस्तियाक राईले संविधान निर्माण प्रकृयामा सबै कुरा हुन्छ हुन्छ भन्दै सहमति जनाउनेले अहिले जातियता र धर्मको नाममा समाजिक अवस्थामा खलबल्याउन कसैलाई पनि छुट नभएको बताएका छन् ।
संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सचिव समेत रहेका मन्त्री राईले शनिबार पार्टीको नेपालगन्ज उप–महानगर कमिटीको पहिलो अधिबेशनको उद्दघाटन गर्दै यस्तो कुरा बताएका हुन ।
उनले राप्रपाले उठान गरेको हिन्दू राज्य र राजसंस्थाको स्थापना प्रति लक्षित गर्दै संविधान निर्माण गर्ने बेलामा सबै हुन्छ हुन्छ भनेर सहि गर्ने अहिले हुन्न भन्दै मेचिकाली गर्न र संविधानको बरखिलाप गर्न कसैलाई पनि छुट छैन । उनले हिजो आफु सत्तामा बसेर संविधान निर्माणको बेलामा सबै कुरा हुन्छ भनेर सही गर्ने अनि अहिले सत्ताबाट बाहिएपछि बिराध गर्नुको तुक नभएको बताउदै संविधान निर्माणको बेलामा संघिय समाजबादी फोरमले जस्तै विरोध जनाउनु पर्ने उनको भनाई थियो ।
उनले संघिय समाजबादी फोरम नेपाललाई मधेशको पार्टी मात्र हो भन्नेहरुलाई अबको केही दिन भित्रै आफ्नो पार्टी तेस्रो राजनीतिक शक्तिको रुपमा रुपान्त्रण हुँदै हिमाल पहाड र तराई सबै क्षेत्रमा आफ्नो पार्टीको संगठन हुने दाबी गरे ।
उनले नेपाल सरकारले विपन्न नेपालीको खरको छानालाई जस्ताको छानामा रुपान्त्रण गर्ने योजना रहेको र सबै पार्टी कार्यकर्तालाई यथार्त विपन्न वर्गको पहिचान गरी उनीहरुलाई सरकारले दिने सुविधाको बारेमा जानकारी गराउन निर्देशन समेत दिए ।
उनलृ गणतन्त्र शक्ति निर्माणको लागि बहुशाक्तिशाली व्यक्तित्व मिलेर संघिय समाजवादी फोरम नेपालले एक नयाँ शक्तिको रुपमा स्थापित हुन लागेको उहाँले जानकारी दिए ।
उनले त्रिभुवन चोकको बिवादका बिषयमा मन्त्री राईले गणतन्त्रमा राजाको मुर्ति स्थापना हुन नसक्ने प्रष्ट पादै यो बिषयमा नेपालगञ्ज उपमहानगरपालिकालाई दोहोरो चरित्र नदेखाउन आग्रह समेत गरे ।
संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समितिको आयोजनामा जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा प्रथम नगर अधिवेशन भएको हो । प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा बाँकेकाअध्यक्ष तथा प्रदेश सांसद आइपी खरेल, विजय बहदुर यादव, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक राई, जिल्ला सम्मन्वय समिति बाँकेका अध्यक्ष अजय कुमार श्रीवास्तव, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, समाजसेवी परशुराम बर्मा, संजय जैन लगायतले शुभकामना मन्तव्य बोलृका थिए ।

प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६     6:57:36 AM  |