नेपाल अडिटर्स एशोसियसन (अडान) बाँकेमा गैरे

१३ बैशाख २०७६, शुक्रबार १८:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल अडिटर्स एशोसियसन (अडान) बाँकेको पाँचौ जिल्ला अधिबेशनले भुवनप्रसाद गैरेको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

नेपालगन्जमा सम्पन्न जिल्ला अधिबेशनबाट उपाध्यक्षमा दीपकप्रसाद रेग्मी, सचिवमा तुलाराम कूर्मी, कोषाध्यक्षमा प्रकाश जंग राणा र सहसचिवमा हरि निरौला चयन भएका छन् ।


यसैगरी कार्यसमितिका सदस्यहरुमा दत्तराज हमाल, ईशाहक दर्जी, बाबुराम आँकुरा, कुलानन्द रेग्मी, निर्मल ढुंङ्गाना र धनबहादुर चन्द चयन भएका हुन् ।

नेपाल अडिटर्स एशोसियसन (अडान) का केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुर्मीले गरेका थिए ।

Next Post

केपीएलको दोश्रो खेलमा आर्मी विजयी

१३ बैशाख २०७६, शुक्रबार १८:१२
सदरलाइनडटकम, नरैनापुर (बाँके) : कर्णाली प्रिमियर लिगमा शुक्रवार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीले लालीगुराँस क्रिकेट एकेडेमीलाई ५८ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ […]