समायोजनमा गुनासो नहुने गरी काम गरिएको छ : मन्त्री पण्डित

१० बैशाख २०७६, मंगलवार २२:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनको लागि तोकिएको समयमा कर्मचारीले विवरण अपडेट नगरेको कारण समस्या देखिएको बताएका छन् । उनले समायोजनको लागि उच्च प्रविधिको प्रयोग गरेको कारण तत्काल केही असजता देखिएको भएपनि विस्तारै आफै समाधान भएर जाने दाबी गरे ।
उनले समायोजनमा कर्मचारीले आफ्नो विवरण दुरस्त नदिएको कारण प्रविधिले टुंगाएको बताउदै त्यसमा असन्तुष्ट कर्मचारीको ‘गुनासो बाँकी नरहने’ गरी समस्याको समाधान गरिने बताए ।
संघियता कार्यान्वयनको महत्वपूर्ण पक्ष कर्मचारीको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको बताउँदै मन्त्री पण्डितले बाँकी रहेका गुनासा पनि हल गरिने उल्लेख गरे ।
मंगलबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा मन्त्री पण्डितले बिधिपुर्वक समायोजनका असन्तुष्टिका स्वरहरु समाधान हुनेमा ढुक्क रहन आग्रह गरे । ‘हामीले अत्यन्त महत्वपूर्ण काम सफलतापुर्वक सकेका छौं’– मन्त्री पण्डितले भने ।
मन्त्री पण्डितले असन्तुष्टि कर्मचचारीका ९० प्रतिशत गुनासामा मनका बह पोखिएको बताउँदै ती मनका बह पनि समाधान हुने बताए । स्वास्थ्य क्षेत्रमा समायोजनका क्रममा समस्या देखिएको बताउँदै उनले प्राप्त गुनासाका आधारमा समाधान खोजिने जानकारी दिए । फरक प्रसंगमा बोल्दै मन्त्री पण्डितले कसैले चाहाँदैमा राजा नफर्किने पनि बताए ।

Next Post

धम्बोझी माविले नयाँ भर्ना लागि लियो प्रवेश परीक्षा

१० बैशाख २०७६, मंगलवार २२:२२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगन्जको धम्बोझी माध्यामिक विद्यालयले विद्यार्थीको चाप अत्याधिक बढेपछि नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्नाको प्रवेश परीक्षा मार्फत भर्ना लिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्केको भन्ने जनगुनासो आई रहेको बेलामा भने सो बिद्यालयले मंगलबार कक्षा ७ देखि ९ सम्म अध्ययन गर्न आउने नयाँ विद्यार्थीको लागि […]

सम्बन्धित