जेसीजको कार्यक्रममा ३० जनाद्वारा रक्तदान

१० बैशाख २०७६, मंगलवार १८:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज जेसीजले मंगलवार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । जेसीज सप्ताहअन्तर्गत आज भेरी अस्पताल परिसरमा रहेको रक्तसंचार स्रोत केन्द्रमा आयोजना गरिएको कार्यक्रममा ३० जना युवाले रक्तदान कार्यक्र गरेका हुन् ।
रक्तदान कार्यक्रममा नेपालगञ्ज जेसीजका अध्यक्ष रत्नकाजी शाक्य, निर्वतमान अध्यक्ष अर्जुन भट्टराई, संचारकर्मी प्रज्वल श्रेष्ठलगायतले रक्तदान गरेको कार्यक्रम संयोजक चिरन्जिवी गौतमले जानकारी दिए । जेसीजले नियमित कार्यक्रमका रुपमा नेपालगञ्जमा रक्तदान गर्दै आएको छ ।
जेसीजले अन्य समयमा बिबिध कार्यक्रमहरु गर्ने गरेको गरिए पनि जेसीज सप्ताह मनाउने क्रममा सात दिन सात कार्यअन्तर्गत रक्तदान कार्यक्रम गरेको सप्ताह मुुल संयोजक आशिष आनन्दले जानकारी दिए । युवा भएको र सामाजिक काम गर्नुपर्ने कर्तब्य भएको हुँदा आफुहरुले यस्तो कार्यक्रम गर्ने गरिएको संयोजक आनन्दले बताए । सप्ताहअन्तर्गत अब १४ गते समापन कार्यक्रम गरिनेछ । बैशाख १ गतेबाट शुरु भएको जेसीज सप्ताहअन्तर्गत पहिलो दिन नेपालगञ्जको एमपी स्कुल रोडस्थित जेसी बाल संसार बिद्यालयमा बृक्षारोपण गरिएको थियो ।

Next Post

मब क्याम्पसमा कानुन बिषयको पुनः पढाई

१० बैशाख २०७६, मंगलवार १८:४७
सदरलाइनडटकम, नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दुई दशकपछि कानुन संकायको अध्ययन अध्यापन हुने भएको छ । कानुन संकाय अध्ययन गर्न बिद्यार्थीहरु आएको हुँदा दुई दशकपछि क्याम्पसमा नियमित अध्ययन अध्यापन हुने भएको हो । क्याम्पसमा करिब २० वर्ष अघि सो संकायमा अध्ययन अध्यापन हुने गरेको थियो । यो वर्ष कानुन […]