सामुदायिक वनको अध्यक्षमा बिजय विजयी

  
  प्रकाशित मितिः आइतवार, बैशाख ८, २०७६       | 85 Views   ||

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा बिजय यादव बिजयी हुनुभएको छ । शनिवार राति अवेर सार्वजनिक भएको मतपरिणामअनुसार यादव प्यानलसहित बिजयी हुनुभएको हो ।
निर्वाचन संयोजक महेन्द्र शाहीका अनुसार यादवले आफ्ना प्रतिद्धन्द्धी बडेलाल यादवलाई १५ मतान्तरले पराजित गरेका हुन् । बडेलालले १६१ मत प्राप्त गरेका छन् भने बिजयले १७६ मत प्राप्त पाएका छन् । उपाध्यक्षका लागि बिजयकै प्यानलका अर्जुन यादवले १७६ मत ल्याए भने प्रतिद्धन्द्धी बंशराज यादवले जम्मा १४६ मत प्राप्त गरे ।
यस्तै सचिव पदमा गिता यादवले १७६ त प्राप्त गरे भने अनिता यादव १४५ मत प्राप्त गरिन् । सहसचिवमा दुलारी यादवको १७३ र घनश्याम गुप्ताले १५१ मत प्राप्त गरे । कोषाध्यक्षमा तिर्थराम यादवले १८१ र खेमलाल खटिकले १५३ मत प्राप्त गरेका छन् ।
११ सदस्यीय कार्यसमितिको सदस्यमा नसिबुन शेष, हास्मा अन्सारी र निर्मला खत्री निर्विरोध चयन हुनुभएको छ भने बाँकी २ जनालाई कार्यसमितिले मनोनित गर्नेछ । २ वर्षिय कार्यकालका लागि भएको निर्वाचनमा जम्मा ३ सय ५४ उपभोक्तामध्ये ३ सय ५१ जनाले मतदान गरेका छन् । आगामी कार्यकालका लागि सहमतिको प्रयास भएपनि सर्वसहमति हुन नसक्दा निर्वाचन गरिएको हो । बडेलाल निवर्तमान अध्यक्ष हुन् भने बिजय अघिल्लो निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार थिए ।

प्रकाशित मितिः आइतवार, बैशाख ८, २०७६     5:31:18 PM  |