आइएस लडाकुद्वारा सत्तापक्षीय २७ लडाकुको हत्या

७ बैशाख २०७६, शनिबार १५:१७
 
फायल तस्बिर

सदरलाइनडटकम,
काठमाण्डौ : इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकुहरुले सिरियाली सत्तासँग निकट २७ जना लडाकुको हत्या गरेका छन् । सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घन्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चारजना सिरियाली सैनिकसहित सरकार समर्थित २७ जना लडाकूको हत्या भएको जनाएको छ ।
सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आइएस लडाकूले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले आइएसका अखडाहरु ध्वस्त भएको घोषणा गरिएपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको बताएका छन् ।
अब्जरभेटरीकाअनुसार भिडन्तमा आइएसका ६ जना लडाकुकोसमेत मृत्यु भएको छ । विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा सहर हुँदै इराकी सीमानजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ । यो क्षेत्रमा पछिल्लो समय आइएसले आश्रयस्थल बनाएको छ ।
(एजेन्सी)

Next Post

गोकुल सामुदायिकको निर्वाचन हुँदै

७ बैशाख २०७६, शनिबार १५:१७
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समूहको शनिवार निर्वाचन हुँदैछ । उम्मेदवारहरुका बीच समहमति नभएपछि आज निर्वाचन हुन लागेको हो । बिहान ८ बजेबाट शुरु भएको निर्वाचनमा मतदानको कार्य सकिएको जनाइएको छ । अहिले मगतणनाको कार्य शुरु भएको […]