पुरुष फुटबलमा एपीएफ विजयी

७ बैशाख २०७६, शनिबार १४:३९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । एपीएफको तेस्रो खेलमा यो दोस्रो जीत हो ।
२–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको एपीएफले शनिबार विहान भने गण्डकीसँग ‘कम्ब्याक’ गरेको छ । गण्डकी प्रदेशले अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । गण्डकीका टीकाराज गुरुङले २७ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको एपीएफले मध्यान्तरपछि आक्रमक खेल खेल्यो । ५७ मिनेटमा राजेन्द्र रावलको गोलबाट एपीएफ खेलमा फर्किएको थियो । निर्धारित समयको अन्तिममा ७९ मिनेटमा आशिष लामाले गोल गरेपछि एपीएफको जीत निश्चित भएको थियो ।
गण्डकी प्रदेशले अहिलेसम्म खेलेका तीन खेलमै अग्रता लिएको थियो । तर, जीत निकाल्न सकेको छैन । शुरुवाती अग्रता लिएर पनि पहिलो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको गण्डकी दोस्रो खेलमा ३ नम्बर प्रदेशसँग अंक बाँडेको थियो । ३ नम्बर प्रदेशसँगको खेलमा पनि गण्डकीले अग्रता लिएको थियो । अन्तिममा २÷२ गोल भएको थियो ।
एपीएफले भने पहिलो खेलमा १ नम्बर प्रदेशलाई ६–३ गोलले विजयी भएको थियो भने दोस्रो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको थियो ।
शनिबार नै अपरान्ह चार बजे लगातार दोस्रो जीत निकालेको ५ नम्बर प्रदेशले १ नम्बर प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । १ नम्बर प्रदेशले अहिलेसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको छ ।

Next Post

राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

७ बैशाख २०७६, शनिबार १४:३९
सदरलाइनडटकम, काठमाण्डौ : राप्रपाले राजमार्ग र सडकका चोकहरुमा गर्ने भनिएको सत्याग्रहका कार्यक्रम स्थगित गरेको छ । शनिवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय गर्दै राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । राप्रपाले आइतवार राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम राखेको थियो । यो […]

सम्बन्धित