आइटीएफमा आर्मी र प्रदेश ३ लाई १–१ स्वर्ण

६ बैशाख २०७६, शुक्रबार २०:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको हलमा जारी आईटिएफ तेक्वान्दोमा प्याट्रन समुहका दुई खेलको नतिजा सार्वजनिक भएको छ ।
आईटिएफ तेक्वान्दोका अन्जान धमलाले दिएको जानकारी अनुसार निलो पेटी समुहको पुरुषमा प्रदेश ३ का शिशिर राईले स्वर्ण र प्रदेश ५ का सोनु केवटले रजत पदक जिते ।
यसैगरी महिला तर्फ विभागिय टिम नेपाल सेनाकी सुश्मिता श्रेष्ठले स्वार्ण र एपिएफकी सुनीता गुरुङ्गले रजत पदक जित्न सफल भएकी छन् ।

Next Post

जडीबुटीको निकासी घट्दै, सरकारी निकाय मौन

६ बैशाख २०७६, शुक्रबार २०:२२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल सरकारले चासो नदिँदा नेपालगञ्ज नाकाबाट जडीबुटी निकासी घट्दै गएको छ । आर्थिक ०७०/०७१ यताको तथ्यांकअनुसार नेपालबाट बर्षेनी ४० लाख केजीभन्दा बढी जडीबुटी निकासी हुने गरेको छ । तर, भारतको अवरोध पछि चालू आर्थिक वर्षम २७ लाख ५४ हजार २०० केजी मात्र निकासी भएको छ । नेपालगञ्ज […]