हनुमान जयन्तीका अवसरमा नेपालगञ्जमा शोभायात्रा

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख ६, २०७६       | 101 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : हनुमान जयन्तीका अवसरमा शुक्रवार बिहान नेपालगञ्जमा शोभायात्रा निकालिएको छ । हनुमान जन्मोत्सव भव्यताका साथ मनाउने क्रममा नेपालगञ्जमा शोभा यात्रा निकालिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ स्थित हनुमत गौशालाबाट निस्किएको शोभा यात्रा सुर्खेतरोड, न्युरोडसहित नेपालगञ्ज बजारको परिक्रममा गरेको थियो । हजारौको संख्यामा हिन्दु धर्मावलम्बीहरुको सहभागिता रहेको यात्रामा सबैले जय श्री रामको झण्डा बोकेका थिए भने झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
हरेकबर्ष झैं यसबर्ष पनि श्री हनुमान जन्मोत्सव भव्यताका साथ मनाएको हो । बैशाख ४ गते अखण्ड रामायण पाठ अष्टयाम संकिर्तन एवं निशान पुजन तथा बालाजीको रात्री जागरण झाँकी सहितका कार्यक्रम गरिएको छ ।


सोही अवसरमा शोभा यात्रासहित सुन्दरकाण्ड पाठ एवं भजन कीर्तन, महाआरती तथा महाप्रसादका साथै हनुमत गौशालामा आज विसाल भण्डारा आज हुने भएको छ । कलयुगमा सर्व शक्तिमान श्री हनुमानलाई रामभक्त हनुमान, बजरंग बली, संकट मोचन लगायतका नामबाट पुकार्ने गरिन्छ । श्री सुन्दरकाण्ड मित्र मण्डलले नेपालगञ्जमा हरेक बर्ष हनुमान जन्मोत्सव मनाउँदै आएको छ । बैशाख ४ देखि ६ गतेसम्म सञ्चालन भएको हनुमान जयन्तीमा बिभिन्न कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ६, २०७६     7:07:02 PM  |