सहभोजपछि नरैनापुरका दलित उत्साहित

६ बैशाख २०७६, शुक्रबार १८:३६
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले सहभोज गरेपछि वडा नम्बर ३ बालापुरका दलितहरु उत्साहित भएका छन् । सहभोज गरिएको दुई दिन नबित्दै शुक्रवार बालापुरका दलितहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई गाउँमै बोलाएर खाजा खुवाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहसहितको टोलीलाई उनीहरुले खाजा खुवाएका हुन् । गाउँपालिकाले छुवाछुत मुक्त अभियान सञ्चालन गरेर सहभोज आयोजना गरेपछि उनीहरु खुशी भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । उनीहरुले भेदभाव र छुवाछुत अन्त्यका लागि गाउँपालिकाले थालेको अभियाले आफूहरु खुशी भएको बताएका छन् ।



सोच र मानसिकतामा परिवर्तन ल्याउन आफूले गरेको पहललाई स्थानीयले साथ दिएको बताउँदै अध्यक्ष शाहले दलित घरपरिवारसँग बसेर खाजा खाँदा आफू पनि उत्साहित भएको बताए । जग्गासमेत नभएका बालापुरका ४० दलित घर परिवारलाई जग्गासंगै बलियो आवासको व्यवस्था गर्ने अध्यक्ष शाहले प्रतिबद्धता जनाए । स्थानीय दलित र गैरदलितलाई एकै थलोमा राखेर गाउँपालिकाले गत बुधवार बृहत् सहभोज गरेको थियो । जातीय छुवाछुत अन्त्यको अभियान थालेको गाउँपालिकाले सहभोज गरेको थियो ।

Next Post

हनुमान जयन्तीका अवसरमा नेपालगञ्जमा शोभायात्रा

६ बैशाख २०७६, शुक्रबार १८:३६
सदरलाइनडटकम, नेपालगञ्ज : हनुमान जयन्तीका अवसरमा शुक्रवार बिहान नेपालगञ्जमा शोभायात्रा निकालिएको छ । हनुमान जन्मोत्सव भव्यताका साथ मनाउने क्रममा नेपालगञ्जमा शोभा यात्रा निकालिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ स्थित हनुमत गौशालाबाट निस्किएको शोभा यात्रा सुर्खेतरोड, न्युरोडसहित नेपालगञ्ज बजारको परिक्रममा गरेको थियो । हजारौको संख्यामा हिन्दु धर्मावलम्बीहरुको सहभागिता रहेको […]