स्वदेशमै रोजगारी दिने सरकारको तयारी

५ बैशाख २०७६, बिहीबार १७:५२
 

सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिदेश जतिकै पसिना बगाए नेपालमा दोब्बर आम्दानी गर्न सकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सदस्य लक्ष्मण आचार्यकी आमा तुलसीपुर १२ निवासी पुस्करादेवी आचार्यको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
धेरै कामका लागि नेपालमै श्रमिक नपाउँदा भारतलगायत अन्य बाहिरी देशबाट ल्याउनु परेको भन्दै उनले सीपमा दक्ष बन्न युवाहरुलाई सुझाव दिए । बेरोजगार बसेकाहरुलाई रोजगार दिने र रोजगार दिन नसके एकसय दिन मध्ये ५० दिन बराबरको भत्ता दिने ब्यवस्था गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यसले स्वरोजगार सिर्जन गर्न मद्दत गर्ने बताए ।
नेकपा दाङको आयोजनामा भएको श्रद्धाञ्जली सभामा मुख्यमन्त्री पोखरेलले कुनै पनि ब्यक्ति सफल बन्न त्यसको पछाडी आमा–बुवाको ठूलो हात हुने जिकिर गरे । जीवनमा कोही ब्यक्ति पनि अजम्बरी नहुँने तर उसले गरेको योग्दान नै अजम्बरी हुने भन्दै उनले समाजमा सकारात्मक काम गरेर देखाउनु पर्ने कुरामा जोड दिए ।
कार्यदल सदस्य टिकाराम खड्काको अध्यक्षतामा भएको सभामा पुस्करादेवीको जीवनी बारे नेकपाका नेता शोभाराम बस्नेतले प्रष्ट पारेका थिए । उनको ८१ बर्षको उमेरमा चैत २३ गते निधन भएको हो ।

Next Post

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन

५ बैशाख २०७६, बिहीबार १७:५२
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज रङ्गशालामा बिहीवार ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भब्य समारोहका बीचमा उद्घाटन गरिन । उद्घाटन मन्तब्यमा राष्ट्रपति भण्डारीले राज्यलाई अन्तराष्ट्रिय मञ्चमा चिनाउने खेल उपयुक्त माध्याम भएको बताईन । उनले खेल र खेलाडिको बृत्ति विकाशको लागि नियमित प्रतियोगिताको आयाजना गर्न सुझाव […]