नेपाल अब पछौटेपनमा बसिरहन सक्दैन  : प्रम ओली

३ बैशाख २०७६, मंगलवार २२:३६
 

सदरलाइनडटकम,
नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवा चल्दा सुन पाईने नेपालमा अब पछौटेपनमा बसि रहन नसक्ने बताएका छन् । उनले गरिबी, अशिक्षा र पछौटेपन सरकारले नमान्ने बताए ।
नेपालगन्जस्थित पाँचतारे सोल्टी बेष्टेण्ड प्रीमियर होटलको मगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई प्रोत्साहन र संरक्षण गरिने बताए ।
नेपाल खनिजको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ती बस्तुको सही उपयोग गर्नेतर्फ लागिने बताए । उनले भने–‘ हाम्रो बालुवामा सुन छ , हामीसंग तामा, पेट्रोल लगायतका खानी छन् तर पनि हामी गरिव भएको भान छ । अब सबैले त्यो कुरा त्यागेर संबृद्धि तर्फ लाग्नु अवश्यक छ ।’
उनले बिगतका सरकारले निजिकरणको नाममा भएका उद्योग कलकारखान बेचेको आरोप लगाउदै भने–‘अब भ्रष्टीकरण होइन व्यवसायीकरण गर्दै जाने हो हामी निजि क्षेत्रसंग सहकार्य गर्दै जाने छौ ।’
प्रधानमन्त्री ओलीले कोही नेपाली अस्पताल नजाने वातावरण सृजना गर्न सकिने बताउदै उनले पूर्बजहरुको उदाहरण दिँदै खानेकुरा, ब्याम र आरामले मानिसको स्वास्थ्य नबिग्रन सक्ने बताए ।
‘अबका होटल व्यवसाय मानवमैत्री, प्रकृतिमैत्री र शुद्धतायुक्त हुनु पर्ने बताउँदै बाहिर चिटिक्क मात्र होइन खानेकुरा अर्गानिक हुनु पर्ने सुझाव छ । त्यो अनुरुप यस होटलले सेवन दिन आवश्यक छ’–उनले भने । प्रकृतिले सबै कुरा दिएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षमा पर्यटकलाई राम्रो खाना र राम्रो बास दिनु नै ठूलो कुरा हुने उल्लेख गरे ।
सोही कार्यक्रममा प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोख्रेलले ३ प्रदेशको मूख्यबिन्दू बाँकेलाई औद्योगिककरणको रुपमा विकास गरिने बताए । उनले नेपालगन्जलाई मानसरोवरको ढोकाको रुपमा मात्र नभई मानसरोबरको प्रतिक स्थलको रुपमा प्रदेश सरकारले तयारी गरेको जानकारी दिए ।

Next Post

जुडो : प्रहरी प्रथम, आर्मी दोस्रो, प्रदेश ५ तेस्रो

३ बैशाख २०७६, मंगलवार २२:३६
सदरलाइनडटकम, नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भएको छ । एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को […]

सम्बन्धित