आर्मीले उचाल्यो फेन्सिङको उपाधी

१ बैशाख २०७६, आईतवार १७:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा चैत २८ देखि सुरु भएको ८ औं राष्ट्रिय खेलकुदअन्तर्गतको फेन्सिङ(तरबारबाजी) प्रतियोगिता आईतबार सम्पन्न भएको छ । चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितासमेत रहेको प्रतियोगिताको उपाधी विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जीतेको छ ।
आर्मीले ६ स्वर्ण, ४ रजत र ५ काश्य पदक प्राप्त गरेको छ । उपविजेता भएको सशस्त्र प्रहरीको एपिएफले ३ स्वर्ण ५ रजत र ५ काश्य पदक प्राप्त गरेको छ । प्रदेश ३ ले ३ स्वर्ण २ रजत र ६ काश्य पदक प्राप्त गरेको छ । यसैगरी प्रदेश १ ले ५ काश्य, प्रदेश ४ ले २ काश्य र सुदुरपश्चिम प्रदेशले १ काश्य पदक प्राप्त गरेको फेन्सिङ सङ्घका सदस्य तथा रेफ्री अनुप कपालीले बताए ।
विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब विष्ट, सङ्घका अध्यक्ष सुनील श्रेष्ठ, पुर्ब सांसद राजिवबिक्रम शाह, राखेपका सदस्य उपेन्द्र यादव, पुर्ब सदस्य रतनकुमार टण्डन लगायतले खेलाडीलाई मेडल तथा ट्रफी वितरण गरे ।

Next Post

धम्बोझीमा लोकनृत्य प्रतियोगिता हुँदै

१ बैशाख २०७६, आईतवार १७:५५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीमा बिद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता आइतवार साँझ शुरु भएको छ । प्रतियोगितामा ९ बिद्यालय सहभागी छन् । कार्यक्रममा नेपालगन्जका मेयर डाक्टर धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारि मदन भुजेल, उपमेयर उमा थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, वडा अध्यक्ष […]