अभिभावक शिक्षा तालिम सम्पन्न

३० चैत्र २०७५, शनिबार १९:१८
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकामा सुपरिवेक्षकका लागि सञ्चालन भएको अभिभावक शिक्षासम्बन्धि तीन दिने तालिम शनिवार सकिएको छ । नगरपालिका क्षेत्रका अभिभावकहरुलाई बालबालिकाको बिकासमा सजग बनाउन सञ्चालन गरिएको तीन दिने अभिभावक शिक्षा तालिम एक समारोकाबीच सकिएको हो ।
तालिमको समापनमा बोल्दै स्वास्थ्य कार्यालय बर्दियाकी निमित्त प्रमुख पद्मा श्रेष्ठले अभिभावक शिक्षा कार्यक्रमले समुदायलाई ठुलो लाभ मिल्ने बताइन् । बालबालिकाको क्षमता, विकास र संरक्षण जस्ता कुराहरुलाई अभिभावकले बेलैमा ध्यान दिए ठुलो उपलब्धी हुने बताउँदै उनले जीवनको धेरै सिकाई बाल्य अवस्थामा हुने हुँदा बालबालिकाप्रति सजग बन्न अनुरोध गरिन् । तालिममा सहभागि भएर मिल्ने ज्ञान, चेतना परिवारमा समेत जानकारी गराउनुपर्ने र आफुले पनि सो कुरालाई लागु गर्ने हो भने समुदायको विकास द्रुत गतिमा हुने उनको धारणा थियो ।
ठाकुरबाबा नगरपालिका वडा नं. ३, ४, ५ र ९ का महिला स्वास्थ्य स्वयंसेविका तथा कार्यक्रम सहजकर्ता सहभागि तालिममा प्रारम्भिक बाल विकासका महत्व, शिक्षा सत्र सञ्चालनका लागि आवश्यक चरणहरु र अभिभावक शिक्षाको भूमिका तथा पोषणका बिषयमा ठाकुरबाबा स्वास्थ्य शाखा प्रमुख इन्द्र राजवंशी र प्लान इन्टरनेशलनका स्वास्थ्य कार्यक्रम अधिकृत किरण गिरी प्रशिक्षण दिएका थिए । प्लान नेपाल तथा गेरुवा ग्रामीण जागरण संघ बर्दियाको समन्वयमा ठाकुरबाबा नगरपालिकाले तालिमको आयोजना गरेको गेरुवाका टिम लिडर केशव राणाले जानकारी दिए ।

Next Post

नेपालगञ्जको बागेश्वरी मन्दिरमा जिब्रो छेडियो

३० चैत्र २०७५, शनिबार १९:१८
सदरलाइनडटकम, नेपालगञ्ज : चैतेदशैको राम नवमीका दिनमा नेपालगन्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने परम्परा चलिआएको छ । चैतेदशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि […]